गैरआवासीय सङ्घमा ४२ पदमा ७६ को उम्मेदवारी


काठमाडौं : गैरआवासीय नेपाली सङ्घको नयाँ नेतृत्वका लागि ७६ ले उम्मेदवारी दर्ता गराएका छन । सङ्घका प्रमुख निर्वाचन आयुक्त शिव रिजालले ४२ पदका लागि ७६ ले उम्मेदवारी दर्ता भएको जानकारी दिए ।

मङ्गलबार साँझदेखि आज अपराह्न ३ः०० बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको थियो । नयाँ नेतृत्वमा अध्यक्षमा कुमार पन्त र कूल आचार्यले उम्मेदवारी दर्ता गराएका छन । यसैगरी महासचिवमा जानकी गुरुङ र डा हेमराज शर्माले उम्मेदवारी दर्ता गराएका छन ।

विद्युतीय मेसिनबाट हुने निर्वाचनमा मतदान भएको एक घण्टामा नै मतपरिणाम सार्वजनिक गर्ने उनले बताए । निर्वाचनमा करीब दुई हजार ४०० मतदाता सहभागी हुनेछन् । उनका अनुसार सङ्घको नयाँ नेतृत्व दुई वर्षका लागि निर्वाचित हुने गर्दछ ।

‘म, मेरो एनआरएन र मेरो नेपाल’ भन्ने मूल नाराका साथ मङ्गलबारदेखि शुरु भएको सङ्घको नवौँ नेपाली विश्वसम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गरेका थिए । बिहीबारसम्म तीन दिनसम्म चल्ने सम्मेलनमा ८१ मुलुकका करीब दुई हजार ५०० प्रतिनिधि सहभागी छन् । सम्मेलनको बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले समापन गर्ने छन । रासस

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौँ : प्रहरी मुख्यालय मानव स्रोत एवं प्रशासन विभागले गत साउन २६ गते प्रकाशित गरेको

काठमाडौ : लामो समयदेखि ट्याक्सीको दर्ता बन्द गरेकामा सरकारले नयाँ ट्याक्सी दर्ता खोल्ने तयारी गरेको

एजेन्सी : एक विवाहित शिक्षिकाले आफ्नै १६ वर्षका छात्रसँग अनुचित सम्बन्ध राखेपछि अहिले अदालतले एक

काठमाडौ : प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद पुर्नगठनको अन्तिम तयारी गरिरहेका छन् । यसका लागि

काठमाडौं : वेपत्ता पारिएका व्यक्तिको छानविन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगका अध्यक्ष तथा

काठमाडौं : भारतीय पूर्वविदेश सचिव तथा पूर्व भारतीय राजदूत श्यामशरण काठमाडौंमा आएका छन् । अहिले

वीरगञ्ज : शसस्त्र प्रहरी बल प्रदेश २ का प्रमुख डिआईजी राजु अर्याल यतिखेर आफ्नै सहकर्मीले

गुल्मी : विभिन्न कार्यक्रममा आफ्नो गृहजिल्ला गुल्मी आईपुगेका परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले निर्माणाधीन रेसुङ्गा विमानस्थलको

दाङ : यही मंसिर १४ गते दाङ निर्वाचन क्षेत्र नं ३ को प्रदेशसभा (ख) का

वीरगन्ज : विश्व प्रसिद्ध बाराको गढीमाई मेला आज (आइतवार) देखि शुरु भएको छ । प्रत्येक

चितवन : नेपाली सेनाको वर्दबहादुर गण सिन्धुलीमा कार्यरत नेपाली सेनाका जवानको प्रूहरी नियन्त्रणमा रहेका बेला

मकवानपुर : मकवानपुरको भीमफेदी कारागार प्रशासनका अनुसारएराति कर्तव्य ज्यान मुद्दामा जन्मकैदको सजाय काटिरहेका ३० वर्षका