आजको राशिफल : असोज ३० गते, बिहिबार



काठमाडौँमा सूर्योदय ०६ बजेर ०५मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ३१ मिनेट । दिनमान २८ घडी ३६ पला ।आश्विन मसान्त। विश्व गरिबी निवारण दिवस ।
आज – ३० आश्विन २०७६ बिहिवार को राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नयाँ व्यक्ति संग भेटघाट हुने समयछ । साहित्यिक क्षेत्रमा रूची बढ्नेछ । सामाजिक कार्यमा विशेष अभिरुचि रहनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) सन्तानबाट सहयोग मिल्नेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । साहित्यिक क्षेत्रमा रूची बढ्नेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आर्थिक समस्याले मानसिक तनावको सिर्जना हुनेछ । व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ । प्रेमीरप्रेमिकाका बिच खिन्नता बढ्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आम्दानी बढाउने काम सुरू गर्न सकिनेछ । पार्टी पिकनिक तथा सेमिनारमा सहभागीता भइएला । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) मित्रवर्ग र हितैषीबाट राम्रो सहयोग मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । मित्र वा नयाँ कार्यको थालनी हुनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आँटेको र ताकेको कार्य पुरा हुनेछ । रमाइलो यात्राको योग रहेको छ । समाजसेवामा मन लाग्नेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) गरेको काममा ढिलासुस्ती हुनेछ । बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ । अनावश्यक धन खर्च हुनेछ । काम गर्ने हौसला मिल्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । बित्तिय संस्थाबाट सहयोग पाईनेछ । सुखद् यात्राका अवसर पनि प्राप्त हुनेछन् ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज प्रसन्नतापूर्वक समय व्यतीत हुनेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । अचल सम्पत्ती हात पर्ने योगछ । पारिवारिक वातावरण पूर्णरूपेण सन्तोषप्रद रहनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) कष्टकर यात्रा गर्नुपर्ला । खर्चिलो यात्रा रहला । महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । प्रेममा मनमुटावका साथै मन कमजोर रहनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) नयाँ कार्यको योजना बन्नेछ । सहयोगी हातहरू अघि बढ्नेछन् । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । अरूलाई प्रभावित पारेर काम बन्नेछ ।
– ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया दिनुहोस्