बौद्ध स्तुपामाथि अतिक्रमण, हजारौँ प्वाल पार्दा स्तुपा कुरुप



काठमाडौं : विश्व सम्पदा सुचीमा सुचीकृत बौद्ध  स्तुपामा मेलम्ची ध्याङ गुठीले बिजुली राख्न भन्दै अतिक्रमण गरेको छ । 

गुठीले मापदण्ड विपरित बिनास्वीकृति बौद्ध स्तुपामा जथाभावि प्वाल खोजेपछि सरोकारवालाहरुले सो कार्यको विरोध गरेका छन् । 

बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामाले पुरातत्व विभागसँग स्वीकृति नै नलिई गुठीले आफुखुसी बत्ति हाल्नलाई प्वाल पारेको बताए । बत्ति राख्न भन्दै स्तुपामा हजारौँ प्वाला पार्दा स्तुपा कुरुप भएको छ, उनले भने । 

गुठीले स्तुपामा समेत प्वाल पारेको लामाले बताए । लामाका अनुसार सो गैरकानुनी कामविरुद्ध पुरातात्व विभाग र संस्कृति मन्त्रालयमा आईतबारै उजुरी हालिएको छ । आजको नागरिक दैनिकमा समाचार छ । 

प्रतिक्रिया दिनुहोस्