राष्ट्र बैंकले नयाँ नोट छाप्दै




काठमाडौ : नेपाल राष्ट्रबैंकले रु १००० का ३१ हजार थान नयाँ नोट छाप्न लागेको छ । रु ९१ लाख ९० हजार अमेरिकी डलर लागतमा नयाँ नोट छाप्न लागेको राष्ट्रबैंकले जनाएको हो ।

नोट छपाईका लागि चीनको चाइना बैंकनोट प्रिन्टिङ एण्ड मिनटिङ कर्पोरेशनले जिम्मा पाइसकेको छ ।

सो कम्पनीले नयाँ नोट डिजाइन, छपाइ तथा आपूर्तिको काम गर्ने छ। छापेको नोट आइपुग्न ८ महिना लाग्ने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्