एकैदिन सन्दीपको दुई छलाङ, ‘द हन्ड्रेड’ र टी-१० लिगमा अनुबन्धित



काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई यतिबेला खुसीको बहार भइरहेको छ । उनी एकै दिन (बुधबार) छुट्टाछुट्टै दुई ठूला प्रतियोगितामा महंगो मूल्यमा अनुबन्धित भएका छन् ।

सन्दिपले इंग्ल्याण्ड र वेल्समा आयोजना हुने ‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिता बर्मिङ्गम फिनिक्सबाट खेल्ने भएका छन् । त्यस्तै युएईमा आयोजना हुने टी–१० लिगमा समेत खेल्ने भएका छन् ।

‘द हन्ड्रेड’ ड्राफ्टबाट सन्दीपलाई बर्मिङ्घम फिनिक्सले एक लाख पाउन्ड ९एक करोड ४६ लाख० नेपाली रुपैयाँमा अनुबन्ध गरेको हो । विश्वका अधिकांश फ्रेन्चाइज लिग खेलिसकेका सन्दीपले ‘द हन्ड्रेड’ मा हालसम्मकै उच्च मूल्य पाएका हुन् । एक सय बलको हुने द हन्ड्रेड प्रतियोगितामा आठ टोलीको सहभागिता रहने छ । हरेक टोलीमा तीन जना विदेशी खेलाडी राख्न पाउने प्रावधान छ ।

यसैगरी सन्दीप टी–१० लिगमा पनि महँगो मुल्यमा अनुबन्ध भएका छन् । डाफ्ट्रमा रहेका सन्दीपलाई क्याटागोरी ‘ए’ मा फ्रेन्चाइज टोली कर्नाटक टस्कर्सले किनेको हो । लिगमा सन्दीपले क्यारागोरी ‘ए’ मा पर्ने खेलाडीको मुल्य ४५ हजार अमेरिकी डलर पाउने छन् । अघिल्लो सिजन सन्दीपले केराला नाइट्सबाट टि टेन खेलेका थिए । त्यतिवेला उनले ६ खेल खेल्दै ६ नै विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्