उच्च अदालतले आज रवि लामिछानेको भाग्य फैसला गर्दै




काठमाडौ : आत्महत्या दुरुत्साहन मुद्धामा आज विहिबार उच्च अदालत हेटौडामा सुनुवाई हुँदैछ ।
उक्त आत्महत्या प्रकरणमा मुछिएका टेलिभिजन प्रस्तोता रवि लामिछानेको जिल्ला अदालत चितवनले दिएको पुनरावेदनको अहिले सुनुवाई हुन लागेको हो ।

उच्च अदालत पाटन अन्तर्गतको उच्च अदालत हेटौडामा ईजलासमा हुन लागेको सुनुवाईको मुद्धा उच्च अदालतका न्यायाधीसद्धय चण्डीराज ढकाल र महेन्द्रनाथ उपाध्यायकोृ इजलासमा तेस्रो नम्बरको पेशीमा रहेको छ । जिल्ला अदालत चितवनले पुडासैनी प्रकरणमा कार्यक्रममा बोल्न नपाउने, विदेश भ्रमणमा जादाँ अदालतको आदेश लिएर मात्र जान पाउने आदेश दिएको थियो । अदालतको यो आदेशको विरुद्ध लामिछानेले गत भदौ २३ गते उच्च अदालतमा निवेदन थिएका थिए ।
पुडासैनी आत्महत्या दुरुत्साहन प्रकरणमा पक्राउ परेका लामिछाने ५ लाख धरौती बुझाई रिहा भएका थिए । आज हुने सुनुवाईले जिल्ला अदालत चितवनको आदेश फैसला बदर वा सदर के गर्नेछ भन्ने कौतुहलको विषय बनेको छ ।

उच्च अदालतले गरेको फैसलाको आधारमा लामिछाने जेल जाने नजाने टुङ्गो लाग्नेछ । उच्च अदालतले लामिछानेलाई जेल पठाउन सक्ने निर्णय पनि गर्न सक्नेछ ।

प्रतिक्रिया दिनुहोस्