नेपाल भारत मैत्री बसबाट लागु औषध बरामद



वीरगन्ज : नेपाल भारत मैत्री बसबाट लागु औषध टिटि ईन्जेक्सन बरामद भएको छ । भारतबाट नेपाल तर्फ आउँदै गरेको ना ४ ख २३९९ नम्बरको नेपाल भारत मैत्री बसबाट ३ हजार पिस लागु औषध टिटि ईन्जेक्सन बरामद भएको हो ।

बुधबार राती साढे १० बजे भारतबाट नेपाल भित्रिदै गरेको बसलाई वीरगन्ज भंसार गेट अगाडी चेकजाँच गर्ने क्रममा बेवारिसे अवस्थामा बस भित्र राखिएको लागु औषध बरामद भएको राजश्व तथा भंसार गस्ती सुरक्षामा खटिएका सशस्त्र प्रहरीले जनाएको छ ।

प्रहरीले बसबाट लागु औषध टिटि ईन्जेक्शन डाईजोपाम १ हजार पिस, नोफिन १ हजार र फेनारगन १ हजार पिस बरामद भएको जनाएको छ । बेवारिसे अवस्थामा बसबाट लागु औषध फेला परेपछि आवश्यक अनुसन्धान पश्चात बसलाई छाडिएको सशस्त्र प्रहरीले जनाएको हो ।

नेपाल भारत मैत्री बस काठमाण्डौ, पटना र बोधगाया चल्दै आएको बसबाट बरामद गरिएको लागु औषधलाई आवश्यक प्रकृया तथा अनुसन्धानको लागि स्थानिय प्रहरी कार्यालयमा बुझाईएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्