एसपी बढुवा गर्न नियमावली संशोधनको तयारी



काठमाडौं : नेपाल प्रहरीमा तीन महिनादेखि रिक्त रहेको १५ एसएसपीको दरबन्दी पूर्ति गर्न  सरकारले प्रहरीले नियमावली संशोधन गर्न लागेको छ । अहिलेको नियमावलीअनुसार हालका कुनै पनि एसपीलाई बढुवा गर्न नमिल्ने भएपछि गृह मन्त्रालयले नियमावली संशोधन गर्न लागेको हो । 

एसपीबाट एसएसपी हुन चार वर्ष पदावधि पुग्नपर्ने मापदण्ड छ । तर, यो मापदण्ड पुगेको एसपी एउटै पनि नहुँदा बढुवा प्रक्रिया नै रोकिएको छ । अब तीन वर्ष एसपी बनेपछि एसएसपीमा बढुवा हुने मापदण्ड राखेर नियमावली संशोधन गर्न लागिएको हो । 

नियमावली संशोधनका लागि कानुन मन्त्रालयले समेत सहमति दिइसकेको गृह मन्त्रालयले जनाएको छ । लोकसेवा आयोगको रायपछि नियमावली मन्त्रिपरिषदमा पेश गर्ने तयारीमा गरिएको छ । 

पद रिक्त राख्दा संगठनलाई असर पर्न सक्ने र प्रहरीको मनोबल पनि खस्किने भएकाले नियमावली संशोधन गर्न लागिएको गृह मन्त्रालयले जनाएको छ । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्