रायोको साग कति पोषिलो ?



काठमाडौं: अहिले रायोको साग धेरै पाइने सिजन हो। जाडो याममा सजिलै उपलव्ध हुने, चाँडै पाक्ने र स्वादिलो पनि हुने भएकाले रायोको सागको तरकारी धेरैको रोजाइमा पर्ने गर्छ । संसारभरी पाइने अनेकौँ तरकारीमध्ये दोश्रो वढी पोषणयुक्त तरकारीमा पर्छ रायो ।

 

रायोलाई पकाएर, काँचै वा सिजनिङ गरेर खान सकिन्छ। धेरै पकाउँदा भने यसमा रहेको पोषण तत्व नष्ट हुन सक्छ । रायोको सागमा भिटामिन ए प्रशस्त मात्रामा पाइन्छ। रतन्धो, पुरानो बाथ, बफ आदिबाट बच्न रायो उपयोगी हुन्छ ।

 

रायोको सागमा पाइने फोलिक र म्याग्नेसियमले हाम्रो शरीरमा रहने विभिन्न विकारयुक्त बस्तुलाई बाहिर निकाल्छ । रायोको दाना पिसेर तरकारीमा हालेर खाँदा पाचन प्रक्रिया बलियो बन्छ। यसले भोक नलाग्ने समस्यासमेत हटाउँछ ।

 

रायो मिटामिन सीको पनि राम्रो श्रोत हो। यसले रुघाखोकी लागिरहने मानिसले रायोको साग खानुपर्छ । रायोको साग नियमित खाँदा क्यान्सरको जोखिमलाई कम गर्छ । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया दिनुहोस्