नेपाल कम्युनिस्ट पार्टीमा राष्ट्रिय जनता दल विलय



काठमाडाैं : नेपाल कम्युनिस्ट पार्टीमा राष्ट्रिय जनता दल समाहित भएको छ ।

 

धूम्बाराहीस्थित केन्द्रीय कार्यालयमा सोमबार आयोजित पार्टी प्रवेश कार्यक्रममा नेकपाका महासचिव विष्णुप्रसाद पौडेल र नेता सुवास नेम्वाङले दलका अध्यक्ष भरत महतोको नेतृत्वमा रहेका नेता तथा कार्यकर्तालाई पार्टीमा स्वागत गरे ।

 

सोही कार्यक्रममा राष्ट्रिय जनता पार्टी सर्लाहीका अध्यक्ष नागेश्वर साह पनि नेकपामा प्रवेश गरे ।  पिछडा वर्ग महासङ्घलाई पनि उक्त पार्टीमा समाहित गराइएको छ । उक्त महासङ्घलाई जनवर्गीय सङ्गठनका रूपमा विकास गर्न आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्