ओली सरकारका २३ मन्त्रीले इन्धन शीर्षकमा यसरी गर्दैछन् भ्रष्टाचार



काठमाडौं: प्रधानमन्त्री केपी ओलीले भ्रष्टाचारमा शून्य सहनशीलताको नारा दोहोर्याइरहेका छन् । तर उनी नेतृत्वका २४ मध्ये २३ मन्त्री र राज्यमन्त्रीले इन्धनमा समेत भ्रष्टाचार गरिरेका खबर नयाँ पत्रिकामा छ ।

 

अर्थमन्त्रीबाहेक सबै मन्त्रीले दोहोर सुविधा लिएर राज्य ढुकुटीको दोहन गरिरहेका छन्। २३ मन्त्रीले मन्त्रालयबाट दोहोरो सुविधा मात्र लिएका छैनन्, स्वकीय सचिवलाई पनि गैरकानुनी रुपमा गाडी र इन्धन दिलाएका छन् ।

 

अधिकांश मन्त्रीले मन्त्रालयमा सचिवस्तरीय निर्णय गराएर एकसय ५० देखि तीन सय लिटरसम्म इन्धन लिने गरेको भेटिएको छ । पूर्व सचिव शारदाप्रसाद त्रितालले मन्त्रीले दोहोरो सुविधा लिनु भ्रष्टाचार भएको बताए ।

प्रतिक्रिया दिनुहोस्