मेलम्चीको बाँकी काम ‘स्वदेशी ठेकेदारलाई’



काठमाडौं : मेलम्ची खानेपानी आयोजनाको बाँकी काम ‘स्वदेशी ठेकेदार’लाई दिएर तत्काल पुरा गर्न विज्ञहरुले सुझाएका छन् । 

जलविधुत् आयोजना निर्माणका अनुभवी स्वदेशी ठेकेदारले मेलम्चीको बाँकी काम गर्न सक्ने बुझाई उनीहरुको छ । 

पुर्वसचिव एवं आयोजनाका पुर्वप्रमुख सुमन शर्माले ‘हाइड्रो पावर’को काम गरेका ठेकेदारले बाँकी काम गर्न सक्ने बताए । 

ठेकेदार कम्पनी सीएमसीलाई दिनुपर्ने र उसबाट लिनुपर्ने मुल्यांकन गरेर अन्योल हटाउनुपर्छ, उनले भने, अब टेन्डर प्रक्रिया लामो गर्नु हुन्न । छोटो प्रक्रियाबाट स्वदेशी ठेकेदारलाई दिएर छिटो सम्पन्न गर्नुपर्छ । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्