वुमन्स च्याम्पियन्स लिग : काठमाडौंद्वारा पोखरा पराजित


काठमाडौं : क्वीन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालिको आयोजनामा जारी वुमन्स च्याम्पियन्स लिग (डब्लुसीएल) टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज सम्पन्न खेलमा क्याट क्विन्स काठमाडौँ विजयी भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा काठमाडौँले पोखरा पल्टनलाई ८२ रनले हरायो । बुधबार भएको उद्घाटन खेलमा काठमाडौँ चितवनसँग पाँच विकेटले पराजित भएको थियो । आज पहिले ब्याटिङ गर्दै काठमाडौँले पोखरालाई १५३ रनको लक्ष्य दिएको थियो ।

पोखरा १६ दशमलव ५ ओभरमा सवै विकेट गुमाउँदै ७० रनमा समेटियो । पोखराका लागि कप्तान सीता रानामगरले सर्वाधिक १७ तथा बिन्दु रावलले १३ रन बनाइन् । पोखरालाई ७० रनमा समेट्ने क्रममा काठमाडौँकी सरस्वती चौधरी र अप्सरा बेगमले दुई÷दुई विकेट लिइन् । त्यसअघि टस हारेर ब्याटिङ गरेको काठमाडौँले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १५२ रन बनाएको थियो ।

काठमाडौँका लागि कप्तान रुविना क्षेत्रीले अविजित ८३ रन बनाइन् । उनले ६७ बल खेल्दै दुई छक्का र १४ चौका प्रहार गरिन् । यस्तै रोमा थापाले १९, सोभा आलेले १२ र ईश्वरी विष्टले अविजित १० रन जोडिन ।

बलिङतर्फ पोखराकी अनुराधा चौधरीले चार विकेट लिइन् भने कविता कुँवरले एक विकेट हात पारिन् । आगामी कात्तिक ७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ललितपुर फाल्कोन्स, पोखरा पल्टन, क्याट क्विन्स काठमाडौँ, चितवन राइनोज र विराटनगर टाइन्ट्स सहभागी छन् ।

प्रतियोगिताको विजेताले रु सात लाख तथा उपविजेताले रु तीन लाख पुरस्कार प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीले टिभीएसको एक थान स्कुटरसहित रु ५० हजार तथा उत्कृष्ट बलर र उत्कृष्ट ब्याट्सवुमनले जनही रु २५ हजार पुरस्कार प्राप्त गर्नेछन् । – रासस

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौँ : प्रहरी मुख्यालय मानव स्रोत एवं प्रशासन विभागले गत साउन २६ गते प्रकाशित गरेको

काठमाडौ : लामो समयदेखि ट्याक्सीको दर्ता बन्द गरेकामा सरकारले नयाँ ट्याक्सी दर्ता खोल्ने तयारी गरेको

एजेन्सी : एक विवाहित शिक्षिकाले आफ्नै १६ वर्षका छात्रसँग अनुचित सम्बन्ध राखेपछि अहिले अदालतले एक

काठमाडौ : प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद पुर्नगठनको अन्तिम तयारी गरिरहेका छन् । यसका लागि

काठमाडौं : वेपत्ता पारिएका व्यक्तिको छानविन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगका अध्यक्ष तथा

काठमाडौं : भारतीय पूर्वविदेश सचिव तथा पूर्व भारतीय राजदूत श्यामशरण काठमाडौंमा आएका छन् । अहिले

वीरगञ्ज : शसस्त्र प्रहरी बल प्रदेश २ का प्रमुख डिआईजी राजु अर्याल यतिखेर आफ्नै सहकर्मीले

गुल्मी : विभिन्न कार्यक्रममा आफ्नो गृहजिल्ला गुल्मी आईपुगेका परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले निर्माणाधीन रेसुङ्गा विमानस्थलको

दाङ : यही मंसिर १४ गते दाङ निर्वाचन क्षेत्र नं ३ को प्रदेशसभा (ख) का

वीरगन्ज : विश्व प्रसिद्ध बाराको गढीमाई मेला आज (आइतवार) देखि शुरु भएको छ । प्रत्येक

चितवन : नेपाली सेनाको वर्दबहादुर गण सिन्धुलीमा कार्यरत नेपाली सेनाका जवानको प्रूहरी नियन्त्रणमा रहेका बेला

मकवानपुर : मकवानपुरको भीमफेदी कारागार प्रशासनका अनुसारएराति कर्तव्य ज्यान मुद्दामा जन्मकैदको सजाय काटिरहेका ३० वर्षका