रवि लामिछाको मुद्दामा उच्च अदालत हेटौंडाको यस्तो आदेश



काठमाडौं : आत्महत्या प्रकरणमा मुछिएका टेलिभिजन प्रस्तोता रवि लामिछानेविरुद्ध जिल्ला अदालत चितवनले गरेको आदेश यथावत राख्न उच्च अदालत हेटौंडाले आदेश दिएको छ । आज भएकाे सुनुवाईमा यस्ताे उच्च अदालत हेटौंडाले आदेश दिएको हाे ।

यस्तै सञ्चारकर्मी युवराज कँडेलविरुद्धको हकमा पनि उच्च अदालत हेटौंडाले जिल्ला अदालतले गरेको आदेशउपर धरौटी कायम गर्न आदेश दिएको छ ।

यस्तै अस्मिता कार्की रुकुको हकमा साधारण तारेखमा रिहा गरेको फैसला सदर गर्न उच्च अदालत हेटौंडाको आदेश छ । 

अस्मिताको पक्षमा अधिवक्ता मनिष कुमार श्रेष्ठ र केदार गुरागाईंले बहस गरेका थिए । 

आत्महत्या दुरुत्सान अभियोगमा तीनै जना केही महिनाअघि काठमाडौं उपत्यकाबाट पक्राउ परेका थिए । पक्राउ परेका लामिछाने ५ लाख धरौटी, कँडेल ३ लाख र कार्की साधारण तारेखमा रिहा भएका थिए ।

प्रतिक्रिया दिनुहोस्