प्रतिनिधिसभा सदस्य प्रमोद साहको रिहाइको माग गर्दै राजपाको प्रदर्शन



वीरगन्ज : प्रतिनिधिसभा सदस्य प्रमोद कुमार साहको रिहाइको माग गर्दै वीरगन्जमा टायर बालेर प्रदर्शन गरिएको छ । राजपा निकट राष्ट्रिय विद्यार्थी संघ ठाकुरराम बहुमुखी क्याम्पसका विद्यार्थीहरूले वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसको मूल गेट अगाडी टायर बालेर विरोध प्रदर्शन गरेका हुन् ।

ठाकुरराम बहुमुखी क्याम्पसका इकाई अध्यक्ष अमित यादव अगुवाइमा रहेका विद्यार्थी नेता कार्यकर्ताहरूले राजपा नेता एवं प्रतिनिधिसभा सदस्य साहको विनाशर्त रिहाइ गर्नुपर्ने माग गरेका छन् । विद्यार्थीहरूले क्याम्पस प्रदर्शनमा उत्रेपछि प्रहरीले हस्तक्षेप समेत गरेको छ ।

प्रहरी निरीक्षक निर्मल पनेरु नेतृत्वमा रहेको प्रहरी टोलीले विद्यार्थीहरूको प्रदर्शनमा हस्तक्षेप गरी बालिएको टायर नियन्त्रणमा लिन खोजेपछि केही बेर प्रहरी र विद्यार्थी बिच घम्साघम्सी समेत भएको थियो ।

प्रतिक्रिया दिनुहोस्