रियल मड्रिड क्लब विश्वकपको फाइनलमा, बेलको ह्याट्रिक



एजेन्सी : स्पेनिस क्लब रियल मड्रिड फिफा क्लब विश्वकपको फाइनलमा प्रवेश गरेको छ । अब उपाधिका लागि रियलले यूएईको अल एइनसँग प्रस्पिर्धा गर्नेछ । 

गएराति भएको खेलमा रियलले कासिमा एन्टलेर्सलाई तीन एकले हराएके हो । खेलको ४४ औं मिनेटमा बेलले गोल गर्दै टोलीलाई अग्रता दिलाए । पहिलो हाफमा एकगोलले अगाडी रहेको रियलले दोस्रो हाफमा दुई गोल थप्यो । ५३ औं मिनेटमा पुनः वेलले नै रियलका लागि गोल गरे ।  

त्यसको दुई मिनेटपछि मर्सेलोको पासमा फेरी वेलले ह्याट्रिक पूरा गर्दै टोलीलाई तीन शुन्यको अग्रता दिलाए ।

७० औं मिनेटमा कासिमाका लागि सोमा डोइले एक गोल फर्काएका थिए । त्यसपछि कुनै गोल हुन सकेन र खेल रियलले आफ्नो पक्षमा पार्‍यो ।

प्रतिक्रिया दिनुहोस्