एनआरएनए अध्यक्षमा कुमार पन्त विजयी



काठमाडौं : गैरआवासीय नेपाली संघ (एनआरएन) को अध्यक्षमा कुमार पन्त विजयी भएका छन् ।

बिहीबार भएको निर्वाचनमा आफ्ना प्रतिस्पर्धी कुल आचार्यलाई परास्त गर्दै पन्त विजयी बनेका हुन् ।

एनआरएनएको उपाध्यक्षमा बद्री केसी, अर्जुन कुमार श्रेष्ठ, सोनम लामा, मन केसी र रविना थापा विजयी भएका छन् । उपाध्यक्षमा विजयी भएका केसी र थापा कूल आचार्य प्यानलका हुन् ।

महासचिवमा हेमराज शर्मा, कोषाध्यक्षमा पन्त समूहकै महेशकुमार श्रेष्ठ विजयी भएका छन् ।सचिवमा गौरी जोशी, आरके शर्मा विजयी भएका छन् ।

यस्तै, सह–कोषाध्यक्षमा लोक दाहाल र भुमा लिम्बु विजयी भएका छन् ।

गोरखा फुजेलका स्थायीबासिन्दा पन्त सन् १९९९ देखि जर्मनीमा व्यवसायरत् छन् । पन्त यसअघि एनआरएनएको दुई कार्यकाल उपाध्यक्ष थिए ।

प्रतिक्रिया दिनुहोस्