पुर्खाको भूमीलाई भ्रमण बर्षमा सम्झेर आउन म्यानमारका नेपालीलाई राष्ट्रपतिको आग्रह (फोटो फिचर)


पिनुइलिन : म्यानमारको राजकीय भ्रमणका क्रममा राजधानी नेपितबाट पिनुइलिन पुग्नु भएका राष्ट्रपती बिद्यादेवी भण्डारीले आज यहाँस्थित नेपाली समुदायलाई सम्बोधन गर्नु भएको छ ।

सम्वोधनका क्रममा राष्ट्रपति भण्डारीले म्यानमारमा बसेर पनि नेपाली भाषा संस्कृति रिती रिवाज र परम्पराको संंरक्षण गरेकोमा यहाँका नेपाली समुदायको प्रशंसा गर्नुभएको छ ।

म्यानमार गोर्खा धार्मिक एसोसिएसनले राष्ट्रपतिको सम्मानमा आयोजना गरेको स्वागत समारोहमा बोल्दै उहाँले आफ्ना पुर्वज जस्तै मेहनती लगनशील उद्धमी भएर नेपाल र नेपालीको इज्जत राख्दै म्यानमारको विकासमा सहयोगी बन्न म्यानर्माकका नेपालीलाई आग्रह गर्नु भयो ।

उहाले भ्रमण वर्ष २०२० मा आफ्ना पुर्खाको भूमी नेपाललाई सम्झेर नेपाल भ्रमणमा आउन यहाँका नेपाली समुदायलाई आग्रह गर्नुभयो ।

त्यसअघि राष्ट्रपति भण्डारीले यहाँ स्थित दुर्गा र पशुपतिनाथको मन्दिरको दर्शन र अवलोकन गर्नुभएको थियो ।

भ्रमणका क्रममा म्यानमारमा रहनुभएकी राष्त्रपतीभण्डारीले आजै पिलियुन्स्थित नेशनल क्यान्ढ्ची पार्कको अवलोकन गर्नुभयो । यो पार्कमा वनस्पतिको संरक्षण गरिएको छ ।यो पार्क एक सय बर्ष अघिदेखी संरक्षण गरिदै आएको छ ।

रेडियो नेपालबाट

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

जनकपुरधाम : प्रदेश नम्बर २ मा पछिल्लो २४ घण्टामा ५६ जना ब्यक्तिहरुमा कोरोना संक्रमणको पुष्टि

जनकपुरधाम– प्रदेश नम्बर २ मा पछिल्लो २४ घण्टामा ५६ जना ब्यक्तिहरुमा कोरोना संक्रमणको पुष्टि भएको

काठमाडौं : नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले संविधान संशोधनको प्रक्रिया अगाडि बढाउन माग गरेका छन्।

काठमाडौं : सरकारले यस वर्ष पनि तीन दिन गणतन्त्र दिवस मनाउन आह्वान गरेको छ। गृह

काठमाडौं : नेपालका ७७ जिल्लामध्ये ४७ जिल्लामा कोरोना भाइरस फैलिएको छ । आजसम्म ४७ जिल्लामा

काठमाडौं : पूर्वी रुकुममा पहिलो पटक कोरोनाभाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ ।घोराहीस्थित राप्ती स्वास्थ्य

काठमाडौं : थप ११४ जनामा कोरोना भाइरस पुष्टि भएको छ। बुधबारको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य

काठमाडौं : वागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । आज बसेको

काठमाडौं– सांसद रेणुका गुरुङले महारानी एलिजावेदलाई ग्रेटर नेपाल फर्काउनको लागि सरकारले निवेदन लेख्नु पर्ने बतएकी

पोखरा : बागलुङका ६ जनामा कोरोना संक्रमण देखिएको छ । गण्डकी प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको

काठमाडौं– नेकपाकी नेतृ एंव प्रतिनिधि सभा सांसद रामकुमारी झाँक्रीले पश्चिम रूकुमको घटना प्रकरण अति राजनीतिकरण

धनगढी : सेती प्रदेशिक अस्पतालको आइसोलेसनमा एक पुरुषको मृत्यु भएको छ ।मंगलबार मात्रै भारतबाट फर्किएका