चितवन प्रहरी कार्यालय भित्रै मस्त मदिरा



चितवन : जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दानबहादुर मल्ल फेरि विवादमा मुछिएका छन् । कार्यलय परिसरभित्र मदिराका खाली बोत्तलहरु भेटिएपछि फोटो खिच्न गएका पत्रकारहरुलाई प्रहरीले आधा घण्टा नियन्त्रणमा लिएपछि स्थिति झन विवादित बन्दै गएको हो । जिल्ला प्रहरी कार्यालय चितवनको कार्यालय हाताभित्र रक्सीका विभिन्न ब्राण्डका दर्जनौ बोतलहरू भेटिएपछि पछिललोपटक उनी नयाँ विवादमा मुछिन पुगेका छन् ।

चितवन प्रहरीले आफ्नो कार्यालय परिसरभित्रको जस्तोसुकै गतिविधि भए पनि अनुमति विना फोटो वा भिडियो खिच्न नपाइने भन्दै प्रहरीले पत्रकारलाई आधा घण्टा नियन्त्रणमा लिएको थियो ।

जिल्ला प्रहरी कार्यलय चितवनको क्यानटिनसँगै रहेको शौचाल आसपासे मदिराका बोत्तलहरु छरिएको दृश्य पत्रकारहरुले खिचेका थिए । प्रहरीको हाताभित्र रहेको स्थानमा ओल्ड दरबार, रुसलान भोडका, टुबोर्क क्यान बियरलगायतका महंगा मदिराका बोत्तलहरु छरपस्ट देखिन्छन् ।
प्रहरी कार्यलयभित्र कसले कहँबाट महंगा महंगा ब्राण्डका मदिरा सेवन गरेको भन्ने विषयमा भने कार्यालयका प्रहरी उपरीक्षक दानबहादुर मल्ल आफू जानकार नरहेको बताउछन् ।

फोटो खिच्न गएका न्युज २४ टेलिभिजनका पत्रकार केदार शर्मा र भण्डाफोर अभियानका सूर्य बराललाई प्रहरीले आध घण्टा नियन्त्रणमा लिएर छोडेको छ ।

प्रतिक्रिया दिनुहोस्