महिला क्रिकेट : विराटनगरको दोस्रो जीत


काठमाडौं ः विराटनगर टाइटन्सले पोखरा पल्टनलाई पराजित गर्दै वुमन्स च्याम्पियन्स लिग (डब्लुसीएल) टि–ट्वान्टी क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जीत हात पारेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा विराटनगरले पोखरा पल्टनलाई छ विकेटले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित हात पारेको हो ।

यसअघि विराटनगरले पहिलो खेलमा ललितपुर फाल्कोन्सलाई चार विकेटले हराएको थियो । पोखराले दिएको ९५ रनको सामान्य लक्ष्य विराटनगरले १५ ओभरमा चार विकेट गुमाएर पूरा ग¥यो । विराटनगरको जितमा लक्ष्मी चौधरीले सर्वाधिक २३ रनको योगदान दिँदा ज्योति पाण्डेले २२, अश्मिना कर्माचार्यले अविजित १६ तथा डोली भट्टले १२ रन जोडिन् ।

बलिङतर्फ पोखराकी सीता राना मगरले दुई विकेट लिइन् । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर ९४ रन जोडेको थियो । पोखराका लागि कविता कुँवरले अविजित २२ रन जोड्दा सीता राना मगरले १६, अञ्जली चन्दले १५, रेवती धाँमीले १२ तथा सरस्वती मगर १० रनमा अविजित रहिन् ।

पोखरालाई सस्तैमा समेट्नेक्रममा विराटनगरकी सबनम राईले दुई विकेट लिइन् भने सोनु खड्काले एक विकेट झारिन् । जितसँगै विराटनगरले दुई खेलमा चार अङ्क जोडेको छ भने पोखराको यो लगातार दोस्रो हार हो । पहिलो खेलमा पोखरा क्वाट क्विन्स काठमाडौँसँग ८२ रनले पराजित भएको थियो ।

क्विन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालीको आयोजनामा भएको उक्त प्रतियोगिताको विजेताले रु सात लाख तथा उपविजेताले रु तीन लाख पुरस्कार प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीले टिभीएसको एक थान स्कुटरसहित रु ५० हजार तथा उत्कृष्ट बलर र उत्कृष्ट ब्याट्सवुमनले जनही रु २५ हजार पुरस्कार प्राप्त गर्नेछन् । – रासस

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं– चितवनकी सेविका ढकाल महर्षि मार्कंडेय विश्वविद्यालयमा बीबीए गर्दै गर्दा इन्डोनेशिया एयरलान्गा विश्वविद्यालयको साथ आदानप्रदान

भक्तपुर– सामूहिक बलात्कार गरेको आरोपमा प्रहरी एक जनालाई पक्राउ गरेको छ । शुक्रबार २० वर्षकी

वीरगन्ज : एकैचौटी पर्साका १८ जना कोरोना भाइरसमुक्त भएका छन् । वीरगन्जस्थित नारायणी अस्पतालबाट डिस्चार्ज हुने

चितवन : कोरोना विशेष अस्पताल भरतपुरको आईसीयूमा एक बिरामीको मृत्यु भएको छ ।भरतपुर अस्पतालमा कोरोना

काठमाडाैं : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले इस्लाम धर्मावलम्वीको पवित्र पर्व इद उल फित्रका अवसरमा

जनकपुरधाम– महोत्तरीको जलेश्वर नगरपालिकास्थित एक क्वारेन्टाइनमा आरडिटी परिक्षण गर्दा एकै परिवारका ३ जनाको रिपोर्ट पोजेटिभ

वीरगन्ज– वीरगन्जको नारायणी अस्पतालमा उपचारत कोरोना संक्रमितको लगातार रिपोर्ट निगेटिभ आएपछी एकै परिवारका ७ महिलासहित

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले इद उल फित्रको अवसरमा शुभकामना दिएकी छन् । इद उल

एजेन्सी : भारतमा कोरोना भाइरस संक्रमितको संख्या १ लाख ३८ हजार नाघेको छ । एकै

काठमाडौं : भारतीय ह्‍याकरहरुको समूहले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)को वेबसाइट ह्‍याक गरेका छन्। भारतीय

काठमाडौं : नुवाकोटमा पहिलो पटक कोरोना संक्रमित व्यक्ति फेला परेको छ । आइतबार दिउँसो स्वास्थ्य

काठमाडौं : आज थप १७ जनाले कोरोना संक्रमण जितेका छन् । नारायणी अस्पतालमा उपचार गराइरहेका