एभरेष्ट प्रिमियर लिगको दोस्रो क्वालिफायर्स आज



काठमाडौं : एभरेष्ट प्रिमियर लिग (ईपीएल)को फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायर खेल आज हुँदैछ । टियु क्रिकेट मैदानमा हुने खेलमा काठमाडौं किङस इलाभेन र भैरहवा ग्ल्याडीयटर्स प्रतिस्पर्धा गर्दैछन् । काठमाडौं र भैरहवाबीचको खेल बिहान ११ः३० मा सुरु हुनेछ ।

दुवै टोली जित निकाल्दै शनिबार हुने फाइनलमा ललितपुर प्याट्रियट्ससंगको भेट पक्का गर्ने दाउमा छन् ।  

ललितपुरले पहिलो क्वालिफायरमा काठमाडौंलाई १ विकेटले हराएर फाइनलमा पुगिसकेको छ । ललितपुरसंग पराजित भएपनि काठमाडौंले भने फाइनल प्रवेशको लागि पुनः दोस्रो क्वालिफायर खेल्ने मौका पाएको हो । 

साविक उपविजेता भैरहवाले इलिमिनेटरमा चितवन टाइगर्सलाई ४ विकेटले पराजित गर्दै दोस्रो क्वालिफायरमा स्थान बनाएको हो ।

प्रतिक्रिया दिनुहोस्