उत्तरी सिरियामा पाँच दिने युद्धविरामको घोषणा, ट्रम्पद्वारा स्वागत



डालस : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार उत्तरी सिरियामा भएको अस्थायी युद्धविरामको स्वागत गरेका छन्। उत्तरपूर्वी सिरियामा गत अक्टोबर ९ बाट शुरु भएको टर्कीको हवाई र स्थलगत आक्रमणमा परी पाँच सयभन्दा बढी सर्वसाधारण मारिएका छन् ।

यी सर्वसाधारण प्रायः कुर्द समुदायका छन् । जारी यस द्वन्द्वका कारण तीन लाखभन्दा बढी व्यक्ति विस्थापित भएका मानवअधिकारवादी संस्था ‘सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स’ ले जानकारी दिएको छ ।

यस आक्रमणका क्रममा अमेरिकी नागरिकको एक थोपा रगत पनि नबगेको भन्दै राष्ट्रपति ट्रम्पले सिरियाका सन्दर्भमा आफ्नो रणनीति सफल भएको बताए। यसअघि राष्ट्रपति ट्रम्पले टर्की र कुर्दहरूका लागि यो महान दिन भएको भन्दै यस आक्रमण स्थगित गर्न सहमति गरेको घोषणाको पनि प्रशंसा गर्नु गरेका थिए।

तर सम्झौतामा स्वतन्त्र मुलुकको माग गर्दै वर्षौंदेखि सशस्त्र आन्दोलन गरिरहेका कुर्द लडाकूहरुले सिरिया–टर्की सीमा क्षेत्र छाड्नुपर्ने शर्त राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्