जग्गाको मालिक महिला भएको गाउँ



नेपालगन्ज : बाँके जिल्लामा एउटा यस्तो गाउँ छ जहाँ अधिकांश जग्गा जमिनको मालिक महिला मात्रै छन् । सो गाउँमा रहेका जग्गा, जमिन, बैङ्क खाता महिलाको नाममै रहेको छ ।

त्यो हो, बाँकेको जानकी गाउँपालिका–३ स्थित बन्जारेगाउँ । नेपालगन्जबाट करिब सात किलोमिटर पश्चिम–दक्षिणम अवस्थित सो गाउँमा मधेसी र मुस्लिम समुदायको बसोबास बढी छ ।

उक्त गाउँका बासिन्दासँग धेरै जग्गाजमिन नभए पनि भएजति सबै महिलाकै नाममा रहेको वडा नम्बर ३ का वडाध्यक्ष बिन्देश्वरी कुर्मीले बताए ।

सो गाउँका २५० भन्दा बढी महिलाको नाममा घरजग्गालगायतको सम्पत्ति रहेको वडाध्यक्ष कुर्मीले जानकारी दिनुभयो । आफूले पनि सबै जग्गा श्रीमती कृष्णाकुमारी कुर्मीको नाममा राखेको जनाउँदै उहाँले श्रीमतीलाई अधिकारसम्पन्न बनाएको बताउनुभयो ।

बन्जारेगाउँका अधिकांश पुरुष मजदुरीको काम गर्छन् भने महिलाले घरभित्रको । जग्गा आफ्नो नाममा भएपछि महिलाहरू पनि खुसी छन् । स्थानीय २४ वर्षीया आश्मा वागवानले छोरा हुदाँहँुदै ससुराले आफ्नो नाममा जग्गा राखेकाले खुसी भएको बताउनुभयो । ससुराले आफूलाई छोरीसमान व्यवहार गरेको पनि उहाँले बताउनुभयो । गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्