साच्चै डिभोर्स गर्छिन् त पूर्व मिस नेपाल उषाले ?



काठमाडौं : निर्देशक छवि ओझा र नायिका सिल्पा पोखरेलको डिभोर्सको कुरा सेलाउन नपाउदै पूर्व मिस नेपाल उषा खड्की र जिपी तिमल्सिनाको डिभोर्सको खबर सार्वजनिक भएको छ।

अन्तर्जातीय विवाह गर्ने रोल मोडल जोडी बनेका उनीहरुको घर झगडा बढ्दै जाँदा आ–आफ्नै बाटो लाग्ने तयारीमा रहेको बताइएको छ।

दुई सन्तानको अभिभावक रहेका उनीहरुबीच अहिले सम्पत्ति बाँडफाँडबारे छलफल भइरहेको श्रोतको दाबि छ। सम्पत्ति दुई भाग लगाउने कि चार भन्ने विषयमा सहमति भएलगत्तै दुवै अलग हुने तयारीमा रहेको जानकार स्रोतले बतायो ।

टेलिभिजन कार्यक्रमले उषा र जिपीको जोडि जुराएको थियो। दुवै जना नेपाल टेलिभिजनबाट प्रशारण हुने कार्यक्रम ‘म्युजिक प्लस’ कार्यक्रम सञ्चालक थिए । यसपछिसँगै कार्यक्रम गर्दै जाँदा दुवैले एक अर्कालाई माया गर्न थाले।

उषाले सन् २००० मा भएको मिस नेपाल प्रतियोगिताको टाइटल जितिन् । मिस नेपालको उपाधि जितेको दुई वर्षमै २०५९ मा उनीहरुले विवाह गरे। पछिल्लो समय उनीहरुले ‘आउँदै जाँदै’ शीर्षकमा फिल्म बनाउने घोषणासमेत गरेका थिए ।

उषा र जी।पीको डेढ दशक लामो बैबाहिक सम्बन्ध टुंगिने अवस्थामा रहँदा अब यो फिल्म निर्माण हुनेमा शंकै छ । फोन सम्पर्कमा जिपीले डिभोर्स गर्न लागेको हल्ला मात्रै भएको दाबी गरेका छन्। उनी भन्छन्,‘डिभोर्स हुने हल्ला मात्रै हो । श्रीमान–श्रीमतीबीच झगडा हुन्छ नै’ डिभोर्ससम्म कुरा पुगेको हैन।

सामान्य घर झगडा चै भएको हो।’ यता उषाले भने डिभोर्सबारे बोल्नै चाहिनन् । दुवैले अस्वीकार गरे पनि उनीहरु बीचको सम्बन्धमा दुरी बढेको दुवैका निकट स्रोतको दाबी छ।

प्रतिक्रिया दिनुहोस्