गायक पूर्ण परियारको ‘पानको पातमा’ सार्वजनिक (भिडियो)



काठमाडौं : केहिवर्ष यता अस्ट्रेलियाको कुइन्सल्याण्डमा बसोबास गर्दै आएका लोक गायक पूर्ण परियारले नयाँ लोक दोहोरी गीत ‘पानको पातमा’ बजारमा ल्याएका छन् ।

अहिलेका चर्चित संगीतकार अर्जुन पोखरेलको संगीतमा रहेको गीतमा गायक पूर्ण परियार र सुनीतामी परियारको आवाज रहेको छ । गीतको शब्द यादब लम्सालले लेखेका हुन् ।

भिडियोलाई गायक परियारले आफुनै युट्यव च्यानल पूर्ण इन्टरटेन्मेण्टबाट सार्वजनिक गरेका हुन् ।

भिडियोमा यादव लम्साल र पुजन घिमिरेको अभिनय देख्न सकिन्छ ।
शिव विकको निर्देशन रहेको उक्त भिडियोलाई पदम सुवेदीले सम्पादन गरेका छन् ।

भिडियोलाई अजय रेग्मीको छायांकन गरेका हुन् । यसअघि गायक परियारका ‘ढाँटी ढाँटी’ ‘फुलबुट्टे चोली’ लगाएत २ दर्जन गीतहरु सार्वजनिक भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्