मन्त्रीहरुको बढ्दो विदेश मोह



काठमाडौं : मितव्ययिता, सुशासन, स्वच्छताको अभियान जुटेका प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका मन्त्रीहरु बिदेश भ्रमणमा रमाउँन थालेका छन् । बिदेश भ्रमणमा जाने अधिकांको रोजाई चीन नै रहेको छ ।

यतिबेला पाँच मन्त्री, दुई मुख्यमन्त्री सहित सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का नेताहरु बिदेश भ्रमणमा रहेका छन् । मितव्ययिता, सुशासन, स्वच्छता कायम गर्ने अभियानमा जुटेका प्रधानमन्त्री ओलीको सो अभियाना प्रभावित हुने भएको छ ।

प्रधानमन्त्री ओलीले मन्त्रीहरुसंग कार्यसम्पादन सम्झौता गरेको पनि बिदेश भ्रमण लगायतका कारणले लक्ष्य सम्म पुग्न समस्या उत्पन्न हुने भएको छ । एकैचोटी बहुसंख्यक मन्त्रीहरु मन्त्रालयको काम नगरी बिदेश भ्रमणमा निष्केपछि मन्त्रालयको काम समेत प्रभावित हुनेभएको छ ।

उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेल यतिबेला चीन भ्रमणमा रहेका छन् । चीनको बिभिन्न शहरमा आयोजना हुने कार्यक्रममा सहभागि हुन बिहिबार पोखरेल त्यसतर्फ लागेका हुन् ।
चीनको हुवेई प्रान्तको उहान र बेइजिङमा हुने कार्यक्रममा उनी सहभागि हुदैछन् । विश्व सैन्य खेलकुद प्रतियोगितमा शुक्रबार सहभागि भएर पोखरेल आईतबार र सोमबार बेइजिङमा हुने अन्य कार्यक्रममा सहभागि हुने बताईएको छ ।

भुमि व्यवस्था तथा सहकारीमन्त्री पदमा अर्याल पनि चीन भ्रमणमै रहेकी छन् । नेकपा नेतृ पम्पा भुषालसंगै मन्त्री अर्यालय बेईजिङमा आयोजना हुने कार्यक्रमका लागि चीन गएकी हुन् ।
यस्तै छुटाछुटै कार्यक्रमका लागि प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल र कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही पनि चीनमै रहेका छन् ।

मुख्यमन्त्री पोखरेल चीनको चेन्दुमा आयोजना हुने कार्यक्रममा सहभागि हुन नेकपा नेतृ एवं धर्मपत्नी सुजिता शाक्यसहित त्यसतर्फ गएका हुन् । बीआरआईको कार्यक्रममा सहभागि हुन उनी २७ असोजमा त्यसतर्फ लागेका हुन् ।

भौतिक पुर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठसंगै मुख्यमन्त्री शाही चीन पुगेका हुन् । यधपी मन्त्री महासेठ बिहिबार स्वदेश फर्किएका छन् भने मुख्यमन्त्री शाही अझै चीनमै अन्य कार्यक्रका लागि रहेका छन् । शाही आईतबार स्वदेश फर्किने कार्यक्रम छ । उनी दुई दिन अझै चीनमा रहनेछन् ।

२८ असोजमा अमेरिका प्रस्तान गरेका अर्थमन्त्री डा। युवराज खतिवडा बिश्व बैंक र मुद्रा कोषको कार्यक्रम सहभागि छन् । त्यहाँ आयोजित कार्यक्रममा सहभागि भएर उनी ६ कातिमा स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

राष्ट्रपति बिद्यादेवी भण्डारीसंगै अर्का मन्त्री पनि म्यान्मामा छन् । परराष्ट्र मन्त्री प्रदिप ज्ञवाली म्यान्माको कार्यक्रममा सहभागि भएर स्वदेश फर्किने कार्यक्रम छ भने राष्ट्रपति उतैबाट जापान जाने कार्यक्रम रहेको छ ।

राष्ट्रपति भण्डारी जापानमा नयाँ सम्राटको राज्याभिषेक कार्यक्रम सहभागि हुन ३ कातिकमा म्यान्माबाट जापान तर्फ जाने र ६ कातिकमा स्वदेश फर्किने कार्यक्रम रहेको छ । राष्ट्रपति भण्डारी स्वदेश फर्किएसंगै ७ कातिममा प्रधानमन्त्री ओली अजरबैजान जाने कार्यक्रम रहेको छ ।
असंलग्न राष्ट्रहरुको १८ औं शिखर सम्मेलनमा सहभागि हुन प्रधानमन्त्री ओलीसंगै परराष्ट्र मन्त्री ज्ञवाली पनि जानेछन् । अजरबैजानको राजधानी वाँकुमा ८ र ९ कातिकमा आयोजना हुने शिखर सम्मेलनमा सहभागि भएर ओली नेतृत्वको टोली ११ कातिकमा स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

संघीय सरकारका मन्त्री, प्रदेशका मुख्यमन्त्री मात्रै नभई सत्तारुढ दल नेकपाका नेताहरु पनि चीन भ्रमणमा रहेका छन् । छुटाछुटै गरी नेकपाको दुई टोली अहिले चीनमा रहेका छन् । नेकपा स्थायी कमिटीका सदस्यहरु डा. बेदुराम भुषाल, देवेन्द्र पौडेल केन्द्रीय सदस्य एवं कार्यालय सचिव ईश्वरी रिजाल चीन गएका छन् ।

चीनको गोन्जाओ पुगेका उनीहरु चिनियाँ बिदेश मन्त्रालयको आयोजनामा आयोजित कार्यक्रममा सहभागि भए । २७ असोजमा उनीहरु सहित सात देशका नेताहरु सो कार्यक्रममा सहभागि भएको बताईएको छ ।

चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण भएको केही दिनमै उनीहरु चीन पुगेका हुन् । त्यसअघि काठमाडौंमा नेकपा र चिनियाँ कम्युनिष्ट पार्टी ९सीपीसी० को संयुक्त आयोजना एक कार्यक्रम हुनुका साथै दुई कम्युनिष्ट पार्टीका बीचमा आपसी सदभाव, अनुभव अदानप्रदान लगायतका सहमती भएको थियो ।

यस्तै नेकपाका अर्का नेता सुरेश आलेमगर पनि चीन भ्रमणमै रहेका छन् । तिब्बतको कार्यक्रममा सहभागि हुने भनेर आलेमगरको टोली उता गएको हो ।

मितव्ययिता, सुशासन, स्वच्छताको अभियान जुटेका प्रधानमन्त्री ओली नेतृत्वको सरकारका मन्त्रीहरु बिदेश भ्रमणमा रमाउँन थालेपछि मन्त्रालयको काम प्रभावित हुने प्रष्ट भए छ । केही समय अघि प्रधानमन्त्री ओलीले मितव्ययिता, सुशासन, स्वच्छता कायम गर्न भन्दै कर्मचारीलाई अनावश्यक बिदेश भ्रमणमा रोक लगाएका थिए । तर यही सरकारका मन्त्रीहरु एकपछि अर्को गरी बिदेश भ्रमणमा जान थालेपनि रोक्न सकिएको छैन् ।

प्रतिक्रिया दिनुहोस्