दाङमा ट्याक्टर दुर्घटना, सहचालकको मृत्यु



दाङ: दाङको घोराहीबाट लमहीतर्फ जाँदै गरेको लु १ त ९७०७ नंको ट्याक्टर गए राती चौपट्टामा दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ ।

 

जिल्ला प्रहरी कार्यालयका प्रमुख बेलबहादुर पाण्डेका अनुसार बर्दिया घेरुवा गाउँपालिका–५ का १६ वर्षीय सन्तलाल चौधरीको दुर्घटनामा परी मृत्यु भएको हो । ट्याक्टर र चालकलाई नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान गरिएको प्रहरीले जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्