बसले ठक्कर दिँदा वृद्धाको मृत्यु



दमौली : डुम्रे–बेँसीशहर सडकखण्डअन्तर्गत तनहुँको भानु नगरपालिका–९ बडहरेमा बसको ठक्करबाट घाइते एक वृद्धाको मृत्यु भएको छ । ६६ वर्षीया चिनीमाया कँडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

 

डुम्रेबाट लमजुङको बेँसीशहरतर्फ जाँदै गरेको ग१ख ४७९० नम्बरको बसले ठक्कर दिँदा मंगलबार घाइते कँडेलको उपचारका क्रममा बुधबार साँझ काठमाडौ‌ंस्थित न्यूरो अस्पतालमा मृत्यु भएको हो ।

 

सडकछेउ हिँडिरहेकी ठक्कर दिँदा टाउकोमा गम्भीर चोट लागेका कँडेललाई दमौली अस्पतालमा सामान्य उपचारपश्चात थप उपचारका लागि काठमाडौँ पठाइएको थियो । ठक्कर दिने बस र चालक प्रहरी नियन्त्रणमा छन् ।

प्रतिक्रिया दिनुहोस्