जबजस्ती वेश्यावृत्ति गराउने जेल चलान


भक्तपुर : महिला तथा किशोरीलाई प्रलोभनमा पारी घरमै यौनशोषण गर्ने र गराउँदै आएको अभियोगमा प्रहरीले पक्राउ गरेका तीन जनालाई जेल चलान गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले कात्तिक २ गते जानकारी दिएको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–६ मेलचोक घर भई हाल मध्यपुरथिमि–९ बोडेमा घर भाडामा बस्दै २५ वर्षीय सञ्जय भन्ने राजेश गिरी, मध्यपुरथिमि चपाचो घर भई बोडे बस्ने ५० वर्षीय श्रीकण्ठ प्रजापति भन्ने श्रीकान्त प्रजापति र धादिङ फुलखर्क गाउँपालिका–४ घर भई बोडेमा डेरा गरी बस्ने २९ वर्षीया सोनिया तामाङ भन्ने सविना तामाङ (गुरुङ) रहेका छन् ।

पक्राउ परेकाहरुले मध्यपुरथिमि नगरपालिका–९ बोडे सिन्टीटारस्थित श्रीकण्ठ प्रजापति भन्ने श्रीकान्त प्रजापतिलगायतले विभिन्न पुरुष बोलाई मादक पदार्थ सेवन गराई महिला तथा किशोरीलाई वेश्यावृत्तिमा लगाउने गरेको पीडित महिलाको उजुरीको आधारमा प्रहरी परिसर भक्तपुरको प्रहरी टोलीले छापामा मारी पक्राउ गरेको प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए ।

महिला तथा किशोरीलाई समेत मादक पदार्थ सेवन गराई जबर्जस्ती यौनकार्यमा संलग्न गराउने र यौन शोषण गर्ने गरेको उजुरीलगत्तै प्रहरीले गत भदौ २३ गते पक्राउ गरी मुद्दा चलाएको उनले बताए ।

जिल्ला अदालत भक्तपुरले हिजो तीनै अभियुक्तलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएपछि प्रहरीले जगन्नाथदेवल कारागार काठमाडौँ पठाएको उनले जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

बझाङ : शनिबार बिहान बझाङको केदारस्युँ गाउँपालिका–८ को मललेसिमा गएको पहिरोमा पुरिएकाको उद्धार गर्न गएको

बझाङ : बझाङको केदारस्युँ गाउँपालिका वडा नम्बर ८ मल्लेसीमा शनिबार बिहान गएको पहिरो पुरिएका दुई

काठमाडौं : महाराजगञ्जस्थित कान्ति बाल अस्पतालमा उपचाररत १३ महिनाको शिशुमा कोरोना संक्रमण देखिएको छ ।

जनकपुर : जनकपुरमा ११ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको आशंका गरिएको छ । भैंसी चराउन

गोरखा : गोरखामा एक जना कोरोना संक्रमति व्यक्तिको मृत्यु भएको छ । गोरखा अस्पतालमा उपचाररच

बझाङ : बझाङमा शनिबार बिहान पहिरो जाँदा १७ घर पुरिएको छ । जिल्लाको केदारस्युँ गाउँपालिका

काठमाडौं : जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (शनिबार) देशभर सामान्यदेखि पूर्ण बदली सुदूरपश्चिम प्रदेश

धनगढीः कैलालीको पूर्वी क्षेत्र डुबानमा परेको छ । विभिन्न नदी र खोलामा आएको बाढी गाउँघरमा

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको भ्रातृसंगठन नेविसंघका नेताहरूप्रति आक्रोश व्यक्त गरेका छन् ।

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको विषयलाई लिएर फेरि एकपटक चीनमाथि हमला गरेका छन्

तम्घास : गुल्मीको इश्मा गाउँपालिका–१ मल्दी ढाँटफाँट भन्ने स्थानमा पहिरो जाँदा दुई जना वेपत्ता भएका छन्

एजेन्सी : आफ्नो पहिलो नाम मात्रै बताउन चाहने गीत देशका लागि खतरा भन्दै टिकटकसहित दर्जनौँ