रामेछाप प्रहरी प्रमुख भट्टराईको अर्को एक्सन



रामेछाप : दशैं–तिहारलाई लक्षित गरेर सुरक्षाका लागि विभिन्न खालको एक्सन चलाएका रामेछाप जिल्ला प्रहरी प्रमुख नायव उपरीक्षक सन्तोष भट्टराईले अर्को एक्सनको अभियान चलाएका छन् । उनले अपराधिक कृयाकलाप नियन्त्रण गर्ने उदेश्यले रामेछापका बिभिन्न नाकाहरुमा सीसी टीभी क्यामरा जडान गरी अर्को एक्सन अगाडी बढाएका हुन ।

प्रहरी नायव उपरीक्षक भट्टराईले स्थानीय सरकारसंगको सहकार्यमा जिल्लाका बिभिन्न नाकामा सीसी टीभी जडान गरी निगरानी शुरु गरिएको बताए । जिल्लाको बजारका प्रमुख केन्द्रका साथै नाकाहरुमा सीसी टीभी क्यामरा जडान गरिएको उनले बताए ।

‘अपराधिक घटना हुन नदिन र भएमा सहजै अपराधी पत्ता लगाउँन स्थाीयन सरकारको सहकार्यमा सीसी टीभी जडान गरेका छौं’ भट्टराईले भने, ‘यसले जिल्लामा शान्ति सुरक्षा कायम गर्न मदत पुगेको छ, सबैको सकारात्मक सहयोगले जिल्लालाई अपराध मुक्त बनाउँ सकिन्छ ।’

जिल्ला सदरमुकाम मन्थली बजारमा सीसी क्यामरा जोडि क्यामरा मार्फत निगरानीको काम शुरु भईसकेको उनले बताए । यस्तै जिल्लको २ नं. क्षेत्रबाट काठमाडौं आउ–जाउ गर्ने प्रमुख नाका खाँडादेवी गाउँपालिकाको सित्खामा पनि गाउँपालिकासँगको सहकार्यमा सीसी क्यामरा जडान गरी निगरानी सुरु गरिएको छ । खाँडादेवीकै लुभुघाट पुल छेउमा पनि तत्कालै क्यामरा जडान गरी निगरानी शुरु गर्ने तयारी भईरहको उनले बताए ।

रामेछापबाट दोलखा, सिन्धुली, काभ्रे, ओखलढुंगा र सोलुसँग सिमाना जोडिएका नाकाहरुमा समेत स्थानीय तहको सहकार्यमा सीसी क्यामेरा जडान गर्ने कार्य अघि बढेको उनले बताए ।

रामेछापको मन्थली नगरपालिकको खुर्काेट, सुनापती, गुन्सी, सैलुङ, साँघुटार, लिखु, खिम्ती, सिरिसे, ढाँडे, रस्नालु, बाम्ति लगायतका क्षेत्रहरु प्रमुख नाकाका रुपमा रहेका छन् ।

यि नाकाहरुमा क्यामरा जडान गरेर निगरानी गर्दा नागरिकलाई थप सुरक्षाको प्रत्याभूति दिन सकिने तथा अपराधिक घटना रोक्न र घटना भए दोषिलाई तत्काल पक्राउ गर्न सहज हुने प्रहरीको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्