जाउलाखेलमा पुष्प मेला (फोटो फिचर)



काठमाडौं : ‘रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरिपरि’ भन्ने नाराका साथ सुरु भएको गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीमा मानिसहरुको घुइँचो लागेको छ।

फ्लोरिकल्चर एशोसिएशन नेपाल (फ्यान) को आयोजनामा हिजोदेखि सुरु भएको प्रदर्शनीको कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले उद्घाटन गरेका थिए।

घर, आँगन बगैँचालगायत सजाउन र स्वागत सत्कारमा विशेष प्रयोग गरिने फूलको व्यवसायिक प्रवर्द्धन तथा पुष्प व्यवसायीलाई हौसला प्रदान गर्न प्रतियोगिता गरिएको एसोसिएशनले बताएको छ ।

कात्तिक ४ गतेसम्म सञ्चालन हुने मेलामा विभिन्न मुलुकबाट माउबोटका रुपमा आयात गरी उत्पादन विस्तार गरिएका करीब १६ नयाँ प्रजातिका गोदावरी फूलसमेत प्रदर्शनीमा राखिएको छ ।


जावलाखेलको खेल मैदानमा आयोजित १३औँ पुष्प प्रदर्शनीमा व्यावसायिक ४४, सूचनामूलक चार र गोदावरी फूलका प्रतिस्पर्धात्मक प्रदर्शनी एकसहित कूल ४९ कक्ष रहेका छन् ।

मेला संयोजक तथा फ्यानका उपाध्यक्ष शिवबहादुर खड्काले मेलामा ३५ हजारले अवलोकन गर्ने र करीब रु ५० लाख बराबरको आर्थिक कारोवार हुने अपेक्षा रहेको जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्