अञ्चल अस्पतालको सेवा सुधार



धनगढी: सुदूरपश्चिम प्रदेशको एक मात्र रिफेलर सेती अञ्चल अस्पतालको आकस्मिक कन्सलटेन्ट मेडिकल जनरलिस्टका रूपमा जगदीश जोशी आएपछि अस्पतालको अवस्थामा सुधार आएको छ । नवौं तहको विशेषज्ञ डाक्टर रहने उक्त दरबन्दी १० वर्षदेखि रिक्त थियो ।

 

इमर्जेन्सी कक्षमै विशेषज्ञ डाक्टर नहुँदा सेवाग्राही मारमा पर्दै आएका थिए । इमर्जेन्सी कक्षमा आठौं तहका डाक्टरले काम गर्दै थिए । गत भदौ ३ जोशी आएका हुन् । डाक्टर जोशी आउनुअघि अस्पतालको इमर्जेन्सी कक्षमा आठौं तहका डाक्टर नै अस्पताल प्रमुख थिए ।

 

पछिल्लो समय चौतर्फी विरोध र प्रभावकारी सेवा नपाएको भन्दै अञ्चल अस्पतालले आलोचना खेपिरहेको थियो । सुदूरपश्चिम प्रदेशका ९ ओटै जिल्लाबाट बिरामी आउने हुँदा अत्यधिक चाप हुने अञ्चल अस्पतालको इमर्जेन्सी कक्षमा १५ वटा मात्र शैया छन् ।

 

विगतमा इमर्जेन्सी कक्षमा औषधिको रचम अभाव हुने गरेको र जनगुनासो बढेपछि आफूले जनस्वास्थ्यलगायत अस्पताल प्रशासनसँग औषधि उपलब्ध गराउन पहल गरेपछि औषधि स्टक रहेको डाक्टर जोशीले बताए । इमर्जेन्सी कक्षमा थन्किएका थुप्रै मेसिन र औजारलाई आफूले मर्मत गरी प्रयोग गरिरहको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्