जाडोमा अदुवा–चियाका फाइदै फाइदा



एजेन्सी : जाडोमा अदुवा हालेर चिया खानु स्वास्थ्यका लागि लाभदायक हुन्छ ।  अदुवा–चियाकाे फाइदा यस प्रकार छ : 

१. अदुवा–चियाले पेट दुख्न कम गर्नुका साथै तनाव पनि कम गराउँछ ।

२. यात्रामा जानुभन्दा अघि अदुवा–चिया खाँदा बान्ता हुनबाट बचाउँछ ।

३. शरीरको अनावश्यक तौल कम गर्न सहयोग पु-याउँछ ।

४. क्यान्सरसँग लड्ने क्षमता बढाउँछ ।

५. रगतमा हुने ग्लुकोजको स्तर व्यवस्थापन गर्छ ।

६. रक्तसञ्चारमा सहयोग पु-याउँछ ।

७. पाचन प्रक्रियामा सुधार ल्याउँछ ।

८. शरीरमा अत्यावश्यक ग्यास्ट्रिक रसको उत्पादन बढाउँछ ।

९. महिनावारी गडबडी हुने महिलामा नियमित बनाउन सहयोग गर्छ ।

१०. अल्जाइमरजस्ता घातक रोग लाग्नबाट बचाउँछ ।

११. हड्डी र बाथरोगका बिरामीका लागि फाइदाजनक हो ।

प्रतिक्रिया दिनुहोस्