सवारी दुर्घटना : ४ जनाको मृत्यु १० जना घाइते



काठमाडौं : देशका विभिन्न ठाउँ भएको सवारी दुर्घटनामा परी मृत्युहुनेहरुको संख्या ४ पुगेको छ भने १० जना घाइते भएका छन् । मृत्युहुनेमा डुम्रे–बेँसीशहर सडकखण्डअन्तर्गत तनहुँको भानु नगरपालिका–९ बडहरेमा बसको ठक्करबाट ६६ वर्षीया चिनीमाया कँडेल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

 

त्यस्तै नवलपरासीको चासिस किलो नजिकै बस दुर्घटना हुदाँ एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य १० जना घाइते छन्। ट्रिपरको ठक्करबाट बर्दिया बढैयाताल गाउपालिका –८ का ६० वर्षीय मोतिलाल चौधरीको पनि ज्यान गएको छ ।

 

त्यस्तै, दाङको घोराहीबाट लमहीतर्फ जाँदै गरेको लु१त ९७०७ नम्बरको ट्याक्टर दुर्घटना हुँदा ट्याक्टरका सहचालक बर्दिया घेरुवा गाउँपालिका–५ का १६ वर्षीय सन्तलाल चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्