आजको राशिफल : कार्तिक ३ गते, आइतबार



आज – ०३ कार्तिक २०७६ आइतवार को राशिफल, काठमाडौँमा सूर्योदय ०६ बजेर ०६ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर २८ मिनेट । दिन मान २८ घडी २४ पला ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) विशेष यज्ञयागादि तथा धार्मिक कृत्यमा सहभागी बन्नु पर्नेछ । समाजसेवातर्फ आकर्षित भइनेछ । आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । आत्मिक सन्तुष्टि मिल्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) वैदेशिक कार्य अघी बढ्नेछ । रुलाई प्रभावित पारेर काम बन्नेछ । सांगीतिक क्षेत्रमा रुची बढ्नेछ । दुरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आफ्नो इच्छानुसार काम गर्ने मौका मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । व्यक्तिगत काममा पनि सफलता हात पर्नेछ । पुनर्मिलनको योगपनि रहेको छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । कला र गलाको प्रभाव बढ्नेछ । मनोरञ्जनमा सहभागीता भइएला । माया गरेको मानिसबाट उपाहार प्राप्तिको योग रहेकोछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) दुरदराजको यात्राबाट लाभ लिन सकिन्छ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । साथीभाइबाट हौसला प्राप्त हुनेछ । अध्ययन अध्यापन सफल रहेको छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) ठीक समयमा सही निर्णय लिन सकिनेछ । नयाँ व्यक्ति संग भेटघाट हुनेछ । परोपकारका क्षेत्रमा लगानीको समय छ । पारिवारिक सद्भाव बढ्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) इनाम र प्रतिष्ठा कमाउने बेलाछ । सम्पत्ति लाभ गर्न अनुकूल प्रयास हुनेछन् । विद्या र बुद्धिको विकास हुनेछ । ढिलै भए पनि काम सम्पन्न हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) मनमा सङ्का उत्पन्न हुनेछ । यात्रामा सावधानी अपनाउनु पर्नेछ । स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउन सक्छ खानपानमा ध्यान दिनुहोला ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कार्य सम्पादन हुनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेलाछ । धार्मिक, सामाजिक महत्त्वको क्षेत्रको भ्रमण हुनसक्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज अनावश्यक धन खर्च भई मानसिक चिन्ता वढ्नेछ । वैदेशिक क्षेत्र कमजोर हुनेछ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) नोकरी र सामाजिक क्षेत्रबाट मानसम्मान प्राप्त हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । बोलीको प्रभाव पनि बढ्नेछ । शुभकार्यको चर्चा चल्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) चुनौतीको सामना गरी गलत निर्णय लिनपुगिएला सचेत रहनुहोला । दैनिक व्यवहारमा खर्च बढ्न सक्छ । बेसुरमा काम गर्ने बानीले अप्ठ्यारोमा परिनेछ । – ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया दिनुहोस्