विदेशी विज्ञले भने : सिक्टामा माटोकाे समस्या



बाँके : बेलायत र अस्ट्रेलियाबाट झिकाइएका माटोविज्ञले नहर अवलोकन गरी भत्केको खण्डमा घुलनशील माटोकै कारण समस्या आएको निष्कर्ष निकालेका छन् । सिक्टा सिँचाइ आयोजनाको पश्चिम मूल नहर पटक–पटक भत्किन थालेपछि अध्ययनका लागि उनीहरुलाई बाेलाइएकाे हाे । 

विज्ञले गत मङ्सिर २५, २६ र २७ गते मूल नहर तथा भत्केको खण्डको निरीक्षण गरेका थिए । आयोजना प्रमुख कृष्णप्रसाद नेपालले भने, 'उहाँहरूले फिल्डमै गएर केही ठाउँको माटो परीक्षण गर्नुभयो, निरीक्षणको अन्तिम दिन छलफल भयो, माटोमा समस्या रहेको औँल्याइएको छ ।' विज्ञहरूले परीक्षण गर्न माटो लैजान चाहेको तर सरकारी प्रक्रिया लामो हुने भएकाले नलगेको उनले बताए । थप अध्ययन गर्न पुराना कागजात लागिएको र एक महिनाभित्र प्रतिवेदन पेस गरिने उनले जानकारी दिए ।

घुलनशील माटोमाथि अम्लीयपन बढी भएको माटो भरेर वा छोपेर पानी चुहिन नदिने प्रक्रिया अपनाउन सकिने र समस्याग्रस्त ठाउँमा तलमाथि र दायाँबायाँ ‘काउन्टर बर्म’ ड्रेनेज निर्माण गर्नुपर्ने पनि विज्ञहरूले सुझाएका थिए । पश्चिम मूल नहरको ४५ किमिमध्ये २० देखि ३५ किमि खण्डमा बढी समस्या देखिएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर्मचारी तथा इञ्जिनियरको दोष देखाउँदै निर्माणमा संलग्न उच्च अधिकारी, ठेकेदार तथा परामर्शदाताले आर्थिक अनियमितताको आरोपमा २१ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । 

प्रतिक्रिया दिनुहोस्