प्रहरीमा सरुवा–बढुवाको चलखेल, रानीपोखरीमा डिआईजी पालको चर्चा



काठमाडौ : नेपाल प्रहरीमा ३ हजार ५ सय ९६ दरबन्दी थप भएसँगै सरुवा–बढुवाको चलखेल शुरु भएको छ । मन्त्रिपरिषद बैठकले गृह मन्त्रालयको प्रस्ताव स्वीकृत गरी प्रहरी मुख्यालयमा दरवन्दी पठाएपछि प्रहरीबीच दौडधुप शुरु भएको छ ।
नेपाल प्रहरीमा हाल जनपद र प्राविधिक गरी ७५ हजार ९ सय २७ जनाको दरबन्दी छ । तर, कार्यरत प्रहरीको संख्या ६४ हजार ३ सय २३ मात्रै छ । जुन संख्या पुरानो स्वीकृत दरबन्दीभन्दा ११ हजार ६०४ कम हो । नयाँ दरबन्दी थप भएसँगै प्रहरीमा कुल दरबन्दी ७९ हजार ५ सय २३ पुगेको छ ।

पुरानो दरबन्दीबाट समेत गरी अब नेपाल प्रहरीमा कुल १५ हजार २ सय दरबन्दी रिक्त हुन आउँछ ।प्रहरीभित्र हाल प्रहरी निरीक्षकभन्दा तलका प्रहरी अधिकृत तथा जवानले विविध कारण देखाउँदै राजीनामा दिने क्रम बढ्दो छ । जसका कारण प्रहरी संगठनमा दरबन्दी रिक्त हुने क्रम बढ्दो अवस्थामा छ ।प्रहरीभित्र हाल प्रहरी निरीक्षकभन्दा तलका प्रहरी अधिकृत तथा जवानले विविध कारण देखाउँदै राजीनामा दिने क्रम बढ्दो छ । जसका कारण प्रहरी संगठनमा दरबन्दी रिक्त हुने क्रम बढ्दो अवस्थामा छ ।प्रहरीभित्र हाल प्रहरी निरीक्षकभन्दा तलका प्रहरी अधिकृत तथा जवानले विविध कारण देखाउँदै राजीनामा दिने क्रम बढ्दो छ । जसका कारण प्रहरी संगठनमा दरबन्दी रिक्त हुने क्रम बढ्दो अवस्थामा छ ।

थपिएका दरबन्दीमा ३ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी), चार जना प्रहरी उपरीक्षक (एसपी), २१ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) र ४७ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) छन् । एसएसपी बढुवा गरेर गौतम बुद्ध विमानस्थल सुरक्षा, समुदाय प्रहरी साझेदारी कार्यक्रम र ब्याण्ड बाजाको नेतृत्व दिने प्रहरी तयारी छ ।

यस्तै८६ जना प्रहरी नायब निरीक्षक (सई), २ सय ९७ जना प्रहरी सहायक निरीक्षक (असई), ६ सय ८३ जना प्रहरी हवल्दार, २ हाजार २ सय १६ जना प्रहरी जवान र ३ हजार ५ सय ९६ जना कार्यालय सहयागीको दरबन्दी थप भएको छ ।

थप गरिएको दरबन्दी जनपद र प्राविधिक दुवै गरेर हो । प्राविधिकतर्फ १ सय २९ जनाको दरबन्दी थपिएको छ । एसएसपी १, एसपी २, डीएसपी १२, इन्सपेक्टर २० लगायत गरी १२९ जनाको दरबन्दी थपिएको हो ।
एसएसपीमा यसअघि नै दुई पद रिक्त छन् । जसकारण चार पदमा यसपटक प्रतिस्पर्धा हुने देखिन्छ । रिक्त पदमा बढुवाका लागि दुई दर्जन एसपीहरु दौडधुपमा लागिसकेका छन् । यसअघि बढुवामा छुटेका विष्णुबहादुर केसी, दुर्गा सिंह, भरतबहादुर बोहरा, रवीन्द्र केसी, कुबेर कडायत, राजेशनाथ बाँस्तोला, सुदीप गिरी, जनक भट्टराई, केदार ढकाललगायत त्यसको प्रतिस्पर्धामा छन् । त्यस्तै अशोक सिंह, लालमणि आचार्य, नवराज भट्ट, राजेन्द्र विष्ट, उमाशंकर पन्जियार, किरण राणालगायत पनि प्रतिस्पर्धामा छन् । अब एसपीका आठ पद रिक्त हुनेछन् । एसपी बढुवामा पनि विगतमा सिनियर भएर छुटेको टोली छ ।
त्यस्तै नेपाल प्रहरीभित्र महत्वपूर्ण जिम्मेवारीका रुपमा रहेका महानगरीय प्रहरी कार्यालय रानीपोखरी र केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)का डिआईजीहरुको एक वर्षको कार्यकाल पुगिसकेकोले यहाँ जानका लागि डिआईजीहरुबीच प्रतिस्पर्धा शुरु भएको छ ।
यी दुईमध्ये एकमा नेपाल प्रहरीभित्र प्रोफेशनल अधिकारीका रुपमा परिचित डिआईजी हरिबहादुर पाल जाने संभावना बढेको बताईन्छ । त्यस्तै हाल सुदुरपश्चिम प्रदेशमा कार्यरत तारिणी लम्साल, एयरपोर्टमा कार्यरत डिआईजी सूर्य उपाध्याय देखि प्रवक्ता रहेका विश्वराज पोखरेल समेत लबिङमा लागिसकेको बताईन्छ । हालका धेरै डिआईजीहरु माघमा आईजिपी सर्वेन्द्र खनालसँगै अवकाश पाउनेछन् । त्यसकारण उनीहरुले इन्चार्ज पाउने सम्भावना छैन ।

प्रतिक्रिया दिनुहोस्