आज हल्का वर्षाको सम्भावना



काठमाडौं : आज आइतबार दिउँसो देशभर सामान्य देखि पूर्ण बदलि रहि देशका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ। पश्चिमबाट आएको पश्चिमी वायुले नेपालको मौसममा आंशिक प्रभाब देखिएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशैभरि सामान्य देखि पूर्ण बदली रहेको छ ।

राती देशभर सामान्य बदली रहि मध्य र पुर्वका थोरै स्थानमा र पश्चिमका एक दुइ स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्