अमेरिकाले किन फिर्ता बाेलायाे सिरियाबाट आफ्ना सेनालाई ?



अमेरिकाले सिरियाबाट अमेरिकी सेना फिर्ता बोलाउन सुरु गरेको छ।  सिरियामा सशस्त्र समुह इश्लामिक स्टेट पराजित भइसकेकाले अमेरिकी सेना फिर्ता गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले निर्णय गरेको छ। 

 

आईएस पराजित भईसकेको राष्ट्रपति ट्रम्पले दाबी गरेका छन्। अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले युद्ध पछिको संक्रमणकालिन अवस्थाका लागि नयाँ कार्यक्रम लागु गरिने जनाएको छ।

 

 दुई हजार सैन्य दल अमेरिकी सेनाको सहयोगमा उत्तर पूर्वी सिरिया आईएस मुक्त पारिए पनि केही पकेट क्षेत्रमा आईएसको कब्जा कायमै छ।  

 

 आइएस पराजित भएको निष्कर्षमा पुगे पनि फेरि उसले आफ्ना गतिविधि बढाउन नसकोस् भन्नका लागि केही अमेरिकी सैनिक सिरियामा रहने सम्भावना पनि रहेको समाचारमा उल्लेख छ । 

 

प्रतिक्रिया दिनुहोस्