ईपीएल : काठमाडौं किंग्स् इलेभेन र भैरहवा ग्लाडिटर्सबीचको खेल सुरु



काठमाडौं : एभरेष्ट प्रिमियर लिग अन्तर्गत दोस्रो क्वालिफायरमा काठमाडौं किंग्स् इलेभेन र भैरहवा ग्लाडिटर्सबीचको खेल सुरु भएको छ ।

 

कीर्तिपुर मैदानमा शुरू हुन लागेको खेलमा भैरहवाले टस जितेर काठमाडौंलाई ब्याटिङको निम्तो दिएको छ ।

 

पहिलो क्वालिफायरमा जित हात पारेको भैरहवा ग्लाडियटर्स र प्लेअफमा पराजित काठमाडौंबीचको विजेताले उपाधिका लागि ललितपुर प्याट्रियोट्ससँग खेल्नेछ ।

 

दुवै टोली जित निकाल्दै शनिबार हुने फाइनलमा ललितपुर प्याट्रियट्ससँगको भेट पक्का गर्ने दाउमा छन् ।  

 

बुधबार भएको खेलमा भैरहवाले चितवनलाई चार विकेटले हराएको थियो । 

प्रतिक्रिया दिनुहोस्