म्याद थपका लागि महरालाई पुनः अदालत लगिँदै



काठमाडौं : संसद सचिवालयकी एक महिला कर्मचारीलाई यौन दुव्र्यवहार गरेको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई पुनः म्याद थपका लागि आज जिल्ला अदालत लगिने भएको छ । यसअघि प्रहरीले तीन दिन म्याद थपेको थियो । तर, प्रहरीले अनुसन्धान पूरा गर्नसकेको छैन ।

अनुसन्धानका लागि भन्दै प्रहरीले थप गरेको ३ दिनको अवधि सकिए पनि महराले बिरामी भएको भन्दै बयान दिन अस्वीकार गरेपछि उनलाई आइतबार पुन अदालत लगिन लागेको हो । यस प्रकरणमा अनुसन्धान गरिरहेको प्रहरीलाई महराको यो शैलीले अप्ठ्यारोमा पारेको छ ।

महरालाई जिल्ला अदालत काठमाडौँले २८ असोजमा थप तीन दिन थुनामा राख्न अनुमति दिएको थियो ।

जबरजस्तीकरणी उद्योगमा बढीमा २५ दिन न्यायिक हिरासतमा राखेर अनुसन्धान गर्न सकिने कानुनी प्रावधान छ ।

प्रतिक्रिया दिनुहोस्