आलमको त्रासमा पीडित परिवार भन्छन् : दोषी उम्के भने हामी बाँच्न पाउँदैनौं



रौतहट : १२ वर्षअघिको बम विस्फोट घटनामा कांग्रेस सांसद मोहम्मद आफताब आलमविरुद्ध किटानी जाहेरी दिएकाका परिवारहरु आफूमाथि किटानी जाहेरी दिएकाका परिवारहरु आफूमाथि जतिबेला जे पनि हुन सक्ने त्रासमा छन् ।

एक साताअघि पक्राउ परेका आलम कानुनी कारबाहीबाट उम्किए आफूहरुको ज्यान जोखिममा पर्ने भन्दै त्रासले पिरोलिएका हुन् ।

राजपुर फरदहवामा भएको विस्फोटमा छोरा पिन्टु भनिने त्रिलोकप्रताप सिंहलाई गुमाएका श्रीनारायण भन्छन्, ‘यतिका वर्ष अनेकन् दबाब र धम्की सहेर न्यायका निम्ती लड्यौ । अब दोषी उम्के भने हामीले बाँच्न पाउँदैनौँ ।’ समाचार कान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्