चर्चित गायक राजेश ढकालले ल्याए पानबुटे चोली (भिडियाेसहित)



काठमाडौं : लोकदोहोरी क्षेत्रमा चर्चित गायक राजेश ढकाल र गायिका स्मृति गौतमको नयाँ लोक दोहोरी गीत पानबुटे चोली बजारमा आएको छ ।

 

विगत लामो समयदेखि सांगीतिक क्षेत्रमा योगदान पुर्‍याउँदै आएका गायक राजेश ढकाल र गायिका स्मृति गौतमले काठे भाकामा यो गीत डिजीटल बजारमा ल्याएका हुन् ।

 

दुई दर्जन गीतमा स्वर बुलन्द गरिसकेका गायक ढकाल एक सफल गायक मात्र नभएर सर्जक पनि हुन् । यस गीतमा शब्द-संगीत स्वयंम् गायक ढकालकै रहेको छ भने सम्पादन विष्णु तामाङले गरेका हुन् ।

 

गीतको म्युजिक भिडियोमा रिना, सन्जिव, अशोक र एलिशाको दमदार अभिनय रहेको छ । म्युजिक भिडियोमा निश्चल केसीको निर्देशन रहेको छ । सम्पूर्ण गीतलाई अम्रित चापागाईँले तयार पारेका हुन् । 

 

प्रतिक्रिया दिनुहोस्