सबैले हेर्न मिल्ने चलचित्र ‘पोई पर्‍यो काले’



काठमाडौं : चलचित्र ‘पोई पर्‍यो काले’ ले सेन्सर बोर्ड बाट युनिभर्सल सर्टिफिकेट पाएको छ । सर्टिफिकेट पाएसँगै अब यो चलचित्र सबै वर्ग र सबै उमेरका दर्शकले हेर्न सक्नेछन ।

चलचित्रमा निर्देशक शिशिर राणाकै कथा रहेको चलचित्रले मानिसको रुप भन्दा पनि मन सफा र गोरो हुनुपर्ने बिषयलाई उठाउन खोजेको छ ।

यही कार्तिक आठ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘पोई पर्‍यो काले’ ले सेन्सर बोर्ड बाट युनिभर्सल सर्टिफिकेट पाएको छ । अब ‘पोई पर्‍यो काले’ सबै वर्ग र सबै उमेरका दर्शकले हेर्न सक्नेछन । मानिसको बाहिरी रुप हेरेर राम्रो नराम्रो भनिने गलत सोच राख्नु हुँदैन भन्ने सन्देश चलचित्रले बोकेको छ । मानिसको रुप भन्दा पनि मन सफा र गोरो हुनुपर्ने बिषयलाई उठाउन खोजेको चलचित्रमा निर्देशक शिशिर राणाकै कथा रहेको छ ।

रेड बर्ड प्रोडक्शनको ब्यानरमा निर्माण भएको चलचित्रमा पूजा शर्मा र आकाश श्रेष्ठसँगै सौगात मल्ल, श्रृष्टी श्रेष्ठ, सोहित मानन्धर, राजाराम पौडेल लगायतको मुख्य भूमिका छ । चलचित्र यही कार्तिक ८ गतेबाट प्रदर्शन आउँदैछ ।

प्रतिक्रिया दिनुहोस्