एनआरएन उपाध्यक्ष श्रेष्ठले गरे सुख दु:खमा साथ दिने बाचा



काठमाडौ : हालै काठमाडौमा सम्पन्न गैर आवासीय नेपाली संघ (एनआएरएन) अन्तराष्ट्रिय समन्वय परिषदको महाधिवेशनबाट उपाध्यक्ष पदमा निर्वाचित अर्जुनकुमार श्रेष्ठले एनआरएनका अभियन्ता र महाधिवेशन प्रतिनिधिप्रति हार्दिक आभार प्रकट गर्दै संस्थाका माध्यमबाट विश्वभरी रहेका नेपालीहरुसँग सुख दुःखमा साथ दिन निरन्तर क्रियाशील रहने वाचा गरेका छन् ।


उपाध्यक्ष श्रेष्ठले आफ्नो दुईवर्षे कार्यकालमा संस्थाको गरिमालाई उचो राख्न सचेततापूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै संस्थालाई राजनीतिबाट मुक्त राख्ने तथा यसपटकको निर्वाचनका क्रममा भएका गल्ति कमजोरी दोहोरिन नदिन एनआरएनले सामुहिक प्रतिज्ञा गर्नुको विकल्प नरहेको धारणा व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्