संचारमन्त्रीको जिल्लामा विप्लवको हमला



काभ्रे : नेत्रविक्रम चन्द विप्लव नेतृत्वको प्रतिवन्धि नेकपाले सूचना संचार तथा प्रविधिमन्त्री गोकुल बाँस्कोटाको जिल्लामा सिलिण्डर बम विस्फोट गराएका छ । यातायातको सहज पहुँच नभएको र जिल्ला सदरमुकामबाट करीब २० घण्टा हिडेर पुगिने महारभारत गाउँपालिकाका विभिनन ४ स्थानमा विप्लव समूहका कर्यकर्ताले विस्फोट गरेका हुन ।

पछिल्लो पटक मध्य–पश्चिम नेपालको विप्लव नेकपाको राप्ती व्युरोअन्तर्गत् रोल्पा, रुकुम, सल्यान, प्यूठान तथा दाङ जिल्लाका सबै शीर्ष नेताहरु पक्राउ परेपछि त्यसको ‘प्रतिरोध’ स्वरुप विभिन्न स्थानमा बिष्फोटनका घटनाहरु घटाउन थालेका छन् । आइतबार मात्र उनीहरुले काभ्रेको महाभारत गाउँपालिकाका साल्मे, ब्रामनटार, बुढाखानी डाँडा र सिपाली डाँडामा सिलिण्डर बिस्फोट गएका हुन् । स्थानीयहरुका अनुसार सिलिण्डर बिष्फोट गरी हिंड्ने क्रममा गाउँमा आफूहरु विप्लव नेकपाका कार्यकर्ता भएकाले नतर्सन भन्दै आएको गाउँलेहरुले बताउँछन् ।

उक्त घटनाका बारेमा काभ्रे प्रहरीले पुष्टि गरेको छ । काभ्रे प्रहरी प्रमुख जयराम सापकोटाले विस्फोटको सूचना पाएपछि प्रहरी निरीक्षकको नेतृत्वमा टोली खटाइसकिए र टोली फर्केपछि यथार्थ कुरा बाहिर आउने जानकारी दिए ।

पछिल्ला कार्यक्रम र कार्वाहीका प्रकृति प्रतिरोधात्मक कार्वाहीको जस्तो देखिए पनि विप्लव नेकपाले यसको पुष्टि गरेको देखिदैन । यसअघिसम्म उक्त पार्टीले राज्यका सशस्त्र अंगका रुपमा रहेका सेना, सशस्त्र प्रहरी र प्रहरी तथा कर्मचारीमाथि आफूहरुको निशाना नरहेको र उनीहरुमाथि कुनै पनि खालका आक्रमण नगरिने बताउँदै आएको थियो ।

तथापि राज्यद्वारा परिचालित प्रहरी आक्रामक हुँदै र एकपछि अर्को गरी उनीहरुलाई क्षति पुर्याउँदै गएपछि उनीहरुको सोच र प्रतिरोधको तरिकामा यस अघि घोषित नीतिमा कुनै बदलाब आउँछ वा आउँदैन भनी प्रहरी संयन्त्र निकै सतर्क रहेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्