बेसार-दुध किन बनिरहेछ लोकप्रिय ? के छ फाइदा ?



दक्षिण एसियाको यो रेसिपी अहिले पश्चिमको धेरै देशहरुमा पनि लोकप्रिय भइरहेको छ । दुधमा बेसार घोलेर यो पेय पदार्थ बनाइन्छ ।

यो परिकार अन्य देशहरुको लागि नयाँ रेसिपी भएपनि यो भारतका मानिसहरुका लागि धेरै पुरानो हो । यो जीजुबाजेको पालादेखि विभिन्न प्रकारका रोगहरु निको पार्न प्रयोग गरिने (खाने) परिकार हो ।

Related image

पश्चिमी देशहरुले यसलाई गोल्डेन मिल्क भन्छन् भने भारतीयहरुका लागि ‘हल्दी वाला दुध’ हो । यसलाई नेपालमा पनि प्रयोगमा ल्याउन थालिएको छ ।

यसलाई बनाउन जति सजिलो छ यसका गुणहरु पनि निकै नै फाइदाजनक रहेको छ । यसकारण पनि यो परिकार चर्चामा छ ।

गोल्डेन मिल्कमा प्रयोग गरिने मुख्य सामाग्री भनेको बेसार हो । बेसार हरेकको घरघरमा पाइने चीज हो । यसलाई तरकारीमा हाल्नुका साथै अन्य आयुर्वेदिक औषधीको रुपमा पनि प्रयोग गरिन्छ ।

एन्टी अक्सिडेन्ट र एन्टी इन्फ्लामेटरी

बेसारको गुण मध्येको एक गुण यो हो की यसमा इन्फ्लामेटरी हुन्छ, यसले सुन्निएको कम गर्न मदत पु-याउँछ । सुन्निएको ठिक पार्नुका साथै जोर्नीहरुको दुखाई पनि यसले कम गर्ने अध्ययनहरुले देखाएको छ ।

Image result for हल्दी वाला दुध

विभिन्न अध्ययनबाट पत्ता लागेको छकी बेसारमा एन्टी अक्सिडेन्ट गुण पनि हुन्छ । यसले रक्तचाप बढ्ने, आत्तिने, खुनमा चिनीको मात्रा कम हुने आदी समस्याबाट छुटकारा दिलाउन मदत गर्छ । यसलाई दिमागी स्वास्थयका लागि पनि राम्रो मानिन्छ ।

कतिपय ठाउँमा बेसार दुधमा अदुवा र दाल चिनी पनि मिसाएर पिउने गरिन्छ । पेट दुख्ने, पाचन गडबढी र कमजोरी जस्ता समस्याका लागि अदुवा फाइदाजनक हुनसक्छ । दालचिनीलाई पेटको समस्याका लागि पनि प्रयोग गरिन्छ । दालचिनीले खुनमा अक्सिजनको मात्रा सहि गर्न पनि मदत पु-याउँछ ।

प्रतिक्रिया दिनुहोस्