नक्कली नोट बनाउँने मेशिन सहित तीन पक्राउ



काठमाडौं : नक्कली नोट बनाउँने मेशिन सहित प्रहरीले तीन जनालाई आज पक्राउँ गरेको छ ।

महानगरीय प्रहरी बृत्त बौद्धको टोलीले नक्कली नोट छाप्ने सूचनाको आधारमा मेशिन सहित उनीहरुलाई पक्राउँ गरेको हो ।

काठमाण्डौं गोकर्णेश्वर नगरपालिका वडा नं. ६ नयाँ बस्ती, विपुल चोक स्थित रहेको रोशन दवाडीको घरबाट उनीहरुालाई पक्राउँ गरिएको छ ।

दोलखा जिल्ला मेलुङ गाउँपालिका घर भई हाल काठमाडौंको गोकर्णेश्वर नगरपालिका ६ नयाँबस्ती बस्ने ३५ बर्षीय सन्तोष नेपाल, सोही ठाउँका २८ बर्षीय पृथ्वीराज भन्ने राजन परियार र २१ बर्षीय महेन्द्र नेपाली रहेको प्रहरीले जनाएको छ ।

दवाडीको घरको दोस्रो तलामा कोठा भाडामा लिई बस्ने परियार सहितका व्यक्तीहरुले नक्कली नोट बनाउने गरेको कागज तथा मेशिन समेत प्रहरीले वरामत गरेको छ ।

३५ हजार नक्कली नोट समेत उनीहरुबाट बरामत गरिएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होबिन्द बोगटीले नक्कली नोट बनाउँने मेशिन र मान्छेलाई पक्राउँ गरि अनुसन्धान शुरु गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्