काठमाडाैंलाई हराउँदै भैरहवा फाइनलमा



काठमाडौं : काठमाडौं किंग्स इलेभेनलाई ६ विकेटले पराजित गर्दै भैरहवा ग्ल्याडीयटर्स एभरेस्ट प्रिमियर लिग (ईपीएल) को फाइनल प्रवेश गरेको छ । 

 

शनिबार हुने फाइनलमा भैरहवाले ललितपुर प्याट्रीयट्सको सामना गर्नेछ । यसअघि पहिलो क्वालिफायर खेलमा काठमाडौंलाई १ विकेटले पराजित गर्दै ललितपुर फाइनलमा पुगि सकेको छ ।

 

ललितपुर र भैरहवा उपाधिको लागि आगामी शनिबार खेल्नेछन् । काठमाडौंले प्रस्तुत गरेको १ सय १ रनको लक्ष्य भैरहवाले १७ ओभरमा ४ विकेट गुमाउँदै प्राप्त गरेको हो ।

 

भैरहवाको जितमा रायन टेन डेस्काटेले उत्कृष्ट ब्याटिङ गरे । १२.३ ओभरमा प्रदीप साहुले सांसद शेखको हातबाट क्याच गराउनु अघि डेस्काटेले ३८ बलमा ५ चौका प्रहार गर्दै ४५ रन बनाए ।

 

त्यस्तै रविइन्दर सिंहले १९ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै ३१ रनमा आउट भए । रविइन्दर सिंहलाई १४.५ ओभरमा सांसद शेखले सिद्धान्तको हातबाट क्याच गराए ।

 

पहिलो विकेटका रुपमा तेस्रो ओभरमा अन्तिम बलमा ओपनर प्रदीप ऐरीलाई ३ रनमा भैरहवाले गुमाएको थियो । प्रदीपलाई सिद्धान्त लोहनीले रन आउट गराए ।

प्रतिक्रिया दिनुहोस्