पूर्व युवराज पारसबारे मोडल सोनिका रोकायाको नयाँ खुलासा



पूर्व युवराज पारससँगको कस्तो सम्बन्ध हो ?
कोहीसँग बोल्दैमा, भेट्दैमा ऊसँग हाँस्दैमा हाम्रो समाजले नराम्रो सोच्छ तर अहिले त हामी एडभान्स भइसक्यौँ नि ! के सही हो, के गलत हो भन्ने छुट्याउन सक्छौँ। हाम्रो सम्बन्धको कुरा हल्ला मात्रै हो तर म उहाँसँग नजिक भा’छु।

कहिलेदेखि चिनजान हो दुवैको ?
लिक्विड लाउन्जको ओपेनिङमा उहाँलाई निमन्त्रणा पठाएकी थिएँ। उहाँ आउनु पनि भयो। त्यसपछि हाम्रो चिनजान भएको हो। मेरो खुला किसिमको व्यवहार देखेर मलाई उहाँले मिडियामा राम्रो काम गर्न सक्छौ भनेर उत्साह दिनुभयो। इन्टरटेन्मेन्टका लागि तिमीले लेभल मिलाएर काम गरिरा’छौ भनेर सुझाव दिने मान्छे उहाँ मात्रै हो। त्यस्तो मान्छेलाई मैले बेलाबखत किन नभेटूँ रु मेरो राम्रो कुरालाई नेपाली मिडियाले कहिल्यै राम्रो भनेर कभर गरेन। मैले केही न केही त राम्रो गरेँ होला नि १ मैले भारतका चर्चित कमेडियन कपिल शर्माको अन्तर्वार्ता लिएँ तर त्यसको प्रशंसा कसैले गरेन। बरु एक पत्रकारले कपिलसँग सांस्कृतिक कार्यक्रम भयो होइन त भनेर मलाई फोन गरे। अब मैले कपिल शर्मासँग सेक्स गरेर इन्टरभ्यु लिएको भनिदिने रु मैले के भन्ने त्यस्तालाई १ मलाई रिस भने उठ्दैन। मलाई जस्तालाई त्यस्तै हुन मन लाग्छ। हो, सांस्कृतिक कार्यक्रम गरेर आएँ भनिदिएँ। मेरो सकारात्मक पक्षबारे कसैलाई पर्वाह छैन। कसैले मलाई गाइड गरेन। अब अहिले पारसलाई लिएर यसरी नचाहिने कुरा गर्नेलाई मैले के भन्ने ?

त्यो भाइरल भएको टिकटक नि ?
हामी रेस्टुराँमा चिसो पिएर बस्दै थियौं। निस्कने बेलामा बाहिर राजावादीहरुसँग उहाँको भेट भएछ। यो वादी त्यो वादी भन्दै कुरा गर्न थालेछन्। उहाँले यो वादी त्यो वादी नभनौं हामी सबै नेपाली हौँ भनेर भन्नुभएछ। अब उहाँको बोल्ने तरिका त्यस्तै हो। म रेस्टुराँबाट बिल तिरेर बाहिर आएँ। अब को क्यामरा तेस्र्याएर बसेको छ, त्यो त मलाई थाहा हुँदैन। म आफ्नो तालमा आएँ–गएँ। भरे त उहाँले बोल्नु भएको कुरा भाइरल पो भइसकेछ।

आफैंले होटल रुममा बसेर ‘दिल खोलेर भन्न पो भा छैन, तर कल्लाई थाहा छैन’ भन्दै टिकटक पनि बनाउनु भयो। यसले दुवैबीच साथी भन्दा नजिक भएको देखायो नि त !
मलाई जहिले पनि नराम्रो कुरामा मात्र हाइलाइट गरियो। उहाँलाई पनि त्यस्तै गरियो। उहाँ देशका लागि जति चिन्ता गर्नुहुन्छ, त्यति त कसैले पनि गर्दैन। हामी नेपाली हौं, हामीले पश्चिमा संस्कृति पछ्याउनु हुँदैन भन्ने कुरा उहाँले मलाई सिकाउनु भयो। यस्तो कुरा मलाई पहिला थाहै थिएन। उहाँसँग यस्ता कुरा सिक्न जान्छु म। उहाँले मलाई सिकाइरहनु भएको छ। जुन कुरा मैले अभिभावकबाट, परिवार, स्कुल अनि समाजबाट पाइनँ। अहिले एउटा नेपाली भएर देश बचाउन के गर्नुपर्छ भन्ने कुरा मैले सिकेकी छु। किनभने उहाँ त राजा हो नि त १ उहाँ त देशलाई धेरै माया गर्नुहुन्छ। मलाई मात्र होइन अरु लेडिजलाई पनि भेट्नुहुन्छ अनि यसरी नै सिकाउनुहुन्छ। तर अफेयर होइन।

त्यो टिकटक नि ?
सम्बन्ध नै हुन्थ्यो भने त लुकिछिपी नै राख्थ्यौँ होला। टिकटक बनाउँदिन थिएँ होला। फोटो पनि सार्वजनिक गर्दिन थिएँ होला। मलाई डर नै छैन के १ तर यसरी बाहिर उहाँसँग नाम जोडेर आलोचना गर्दा मन दुख्छ। मलाई यो समाजले मुटु नै नभएको जस्तो बनाइदिएको छ। उहाँलाई सधैँ यो खायो, केटी खेलायो भनेर आलोचना गरियो। हिमानीसँग सम्बन्धमा समस्या आइरहेको छ। मैले उहाँलाई हिमानीसँग राम्रो सम्बन्ध बनाउनुस् भनेर सम्झाइरहेकी हुन्छु। उहाँहरु सम्बन्धमा राम्रो हुनुहुन्छ। मिडियाले नै नराम्रो बनाइदियो।

पोखरा डेटमा गएको हैन त ?
अब जे कुरा सम्भव नै छैन, त्यो सुन्दा हाँस उठ्छ। म उहाँलाई आदर गर्छु, त्यति मात्र हो अनि म पोखरा उहाँसँग आएको पनि हैन। दिदी भेनाजुकोमा छु।

के कुरा मिल्यो त दुवैजनाको ?
मिडियाले उहाँलाई नराम्रो चरित्रको देखायो। मलाई पनि नराम्रो नै देखायो। उहाँ र मेरो कुरा मिलेको छ। उहाँ र मेरो कथा मिलेको छ। उहाँले मलाई जसरी अहिले गाइड गरिरहनु भएको छ, यदि परिवर्तन आउँछ भने त्यो उहाँकै कारण हुन्छ। हामी एक अर्कालाई एकदमै आदर गर्छौं। मेरो नकारात्मक पक्षलाई स्वीकारेर उहाँले मलाई साथी बनाउनु भएको छ। म त नेपाली मिडियाको अनुसार त सबैभन्दा घिनलाग्दो मान्छे हुँ नि त। तर उहाँले मसँग किन बोल्न थाल्नु भयो रु उहाँमा कुनै नकारात्मकता छैन। हामी असल साथी हौँ।

भेटघाट कसरी बढ्यो ?
लिक्विड लाउन्जमा भेटेदेखि नै भेटघाट भएको हो। बीचबीचमा भेट्न थाल्यौँ। उहाँ लिक्विड पनि आउनु हुन्थ्यो। हप्तामा भेट भइरहन्छ
शुक्रबार साप्ताहिकबाट

प्रतिक्रिया दिनुहोस्